निर्देश त्रिपाठी
कोरोना भाइरस कोबिड १९ को संक्रमणका कारण विश्वका धेरै मुलुक अहिले आक्रान्त बनिरहेका छन । करिब ९० हजार मानिसको मृत्यु भैसकेका छ भने करिब १२ लाख मानिस संक्रमित भएका छन । कोरोनाले विश्व बजारमा आर्थिक सामाजिक कृषि मनोवैज्ञानिक प्रभाव पारिरहेको छ ।
कोरोना भाइरसबाट सुरक्षित रहनको लागि धेरै जसो मुलक लकडाउन गरिएको छ भने सामाजिक दुरी कायम गरिएको छ । विभिन्न ब्यबसाय ठप्पको स्थितिमा छ । यो महामारीले गरिब सर्वहारा श्रमिक साना गरिब बिहान बेलुका छाक टार्न मुस्किल भएको छ । आर्थिक रूपले संकट आउने सम्भावना देखिदै छ । नेपाल जस्तो अल्पविकशित मुलुकमा आर्थिक संकट आउदैन भन्न सकिँदैन । हाम्रो देश नेपाल परनिर्भरतामा रहेको छ । अन्नदेखि अन्य दैनिक उपभोग्य सामग्री आयात हुनै आएको छ । आयात रोकिएने, भएको सामग्री सकिने तर खरिद गर्न नपाइने भएपछि यहाँको अवस्था कस्तो होला सहजै अनुमान गर्न सक्छौ ।
वन्दको कारण राजस्व घटेको छ, सरकारको आम्दानी गिर्दो, जनताको व्यापार व्यवसाय ठप्प भएपछि अवस्था अझ नाजुक भएर जादैछ । अनुमानित राजस्वले साधारण खर्च समेत धान्न मुस्किल पर्दछ ।
गम्भिर अवस्थामा अहिलेको नेपालको अर्थतन्त्र देखिन्छ । जसले राजस्व तिर्छ उसैलाई नै राहत दिनुपर्ने अवस्थामा सरकार रहेको छ चाहे त्यो औधोगिक क्षेत्रको होस चाहे पर्यटन कृषि को नै किन नहोस । बैंकिङ कारोबार सहज छैन । भएकाले निकाल्न नपाउने नभएकाको अवस्था झन कमजोर हुने अवस्था छ । आजको कुरा गर्ने हो भने बिश्व बजारमा नेपाली पैसा एकदमै सस्तो छ । त्यससले पनि नेपाली अर्थ प्रणालीमा प्रभाव पारिरहेको छ । नेपालको अर्थ प्रणाली कमजोर छ । उत्पादनमा हामीले जागर चलायौ भने थोरै भएपनि अवस्था सुधार आउने थियो ।
व्यवसाय गरेका, ऋण लिएर काम गरेकाहरुलाई बैंकको किस्ता कसरी तिर्ने भन्ने चिन्ता छ । यस विषयमा सरकारको ध्यान जानु जरुरी छ । कृषि जन्उ उत्पादन बजारमा लैजान नपाउदा खेतमा नै सडेर गएको छ । खरिद गर्न चाहनेले महंगोमा लिनु पर्ने, उत्पादन भएको सामग्रीले बजार नपाउने अवस्थाले गर्दा गम्भिर संकट पैदा गर्ने देखिन्छ । बन्दावन्दको कारणले अर्थतन्त्रमा पार्ने असरको अहिलेदेखिनै आकलन गरेर राज्यले कदम चाल्नु पर्दछ ।


