चितवन समाचारडटकम, २६ चैत ।
काेराेना सङ्क्रमण राेक्न लकडाउन लम्वियसङ्गै सरकारले स्थानीय तहमार्फत बिपन्न जनतालाई राहत बितरणकाे काम तिव्र पारेकाे छ ।
यसक्रममा स्थानीय तहले वडा कार्यलय मार्फत राहत सामाग्री बाडिरहेका छन् । तर राहत सामाग्री बितरणकै क्रममा खर्च बिबरण बिरलै सार्वजनिक गरिएका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ ले राहत बितरणका लागि भएको खर्च बिबरण राहत बाड्नु अघिनै सार्वजनिक गरेर उदाहरणीय कार्य गरेकाे छ ।
करिव एकहजार दुई सय परिवारलाई वडा कार्यलयले राहत सामाग्री दिन लागेकाे छ । वडा कार्यालयले दिएकाे जानकारी अनुसार सात लाख ९२ हजार एक सय ८ रुपैयाँको सामाग्री बाड्न लागिएको छ ।
११ हजार ५९१ केजी चामल, एकहजार १७९ केजी दाल, त्यतिनै नुन, ५९० लिटर तेल, ११७९ वटा सावुन बाड्न लागिएको वडा कार्यालयले जनाएको छ ।
४४ रुपैयाँ प्रति केजीका दरले ५१०,००४ रुपैयाँको चामल, १०८ रुपैयाँ प्रतिकेजीका दरले १२७३३२ रुपैयाँको दाल , ७३.५ रुपैयाँ प्रति पाेका (अाधा लिटर)काे दरले ८६९५१ रुपैयाँको तेल, २० रुपैयाँ प्रति केजीका दरले २३५८० रुपैयाँको नुन र २८.५ रुपैयाँको दरले ३३६०१ रुपैयाँको सावुन खरिद गरिएको छ ।
विभिन्न २८ वटा टाेलविकास संस्था मार्फत लक्षित परिवारमा राहत सामाग्री पुग्ने ब्यवस्था मिलाईएकाे वडा अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभयो ।
राहत सामाग्री खरिदमा वडा कार्यालयलाई गणेशधाम मन्दिरले पनि सघाएको छ । गणेशधाम मन्दिर संरक्षण संंबर्द्धन समितिबाट दरवारचाेक टाेल, गणेश्थान टाेल, कैलाशटाेल र निरन्जन कँडेेलवाट वसेनि टाेलका लागि सहयाेग प्राप्त भएको वडा कार्यालयले जनाएको छ । त्यसैगरी नवजागृति सामुदायिक वनबाट पनि सहयोग अाएकाे छ ।
दर रेट र राहत सामाग्रीका बिषयमा सर्वदलीय बैठक बसेर टुङ्गो लगाईएकाे वडाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । राहत सामाग्री बिहीबार बाड्ने तयारी छ ।


