चितवन समाचार डटकम, २३ चैत ।
भरतपुर महानगरपालिका वडा नम्बर १० ले वडाभित्रका ५०३ परिवारलाई राहत सामाग्री बितरण गरेको छ ।
निरन्तरको लकडाउनले समस्यामा परेका बिपन्न परिवारलाई छनौट गरी खाद्य सामाग्री बाडिएको वडाअध्यक्ष अरुणपिडीत भण्डारीले जानकारी दिनुभयो ।
शिवशिखर कृषी सहकारीले गरेको दुई लाख रुपैया सहयोगवाट खाद्यान्न खरिद गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशी, प्रहरी उपरिक्षक नान्तीराज गुरुङ, प्रशासन कार्यालयका प्रतिनिधी रामचन्द्र ढकाल ,सहकारीका प्रवन्धक जुयेश भट्टराई लगायत उपस्थित हुनुहुन्थ्यो ।


