चितवन समाचारडटकम, चैत, २३ ।
भरतपुर महानगरपालिकाले राहत बितरणकाे कार्यलाई तिव्रता दिएकाे छ ।
प्रमुख रेनु दाहाल र उप- प्रमुख पार्वती शाह ठकुरीकाे उपस्थितिमा आज भरतपुर-२२, पदमपोखरी, दलितबस्तीमा राहत बाडिएकाे हाे । कोरोना भाईरस (कोभिड- १९) को जोखिम न्यूनीकरणका लागि लगाईएको लकडाउनबाट प्रभाबित भई दैनिक ज्यालादारीबाट आफ्नो जीबिकोपार्जन गर्दै आएका अति बिपन्न समुदायका परिवारलाई राहत बाडिएको स्थानीय अगुवा रामहरी सेढाईले जानकारी दिनुभयाे ।
भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालयद्वारा महानगरबाट बिनियोजित बजेट सहित अन्य निजी क्षेत्रहरुको समेत सहयोगमा राहत बितरण गरिएको हाे । चारलाख भन्दा बढीको लागतमा आज साझसम्म वडाभित्रका ४०० भन्दा बढि परिवारले राहत सामाग्री प्राप्त गर्ने जनाईएकाे छ ।


