काठमाडौं, २२ चैत । आज (शनिबार) अपरान्ह् मन्त्रिपरिषद वैठक बस्दैछ । सरकारले घोषणा गरेको लकडाउनको समीक्षा र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न शनिबार ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।
सरकारले चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने वा नदिने बारेमा पनि मन्त्रिपरिषदमा छलफल हुने स्रोतले जानकारी दिएको छ । चैत ११ गतेदेखि एक हप्ताको लागि गरेको लकडाउन सरकारले एक हप्ता बढाएको थियो ।
त्यसैगरी स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने भएको छ । आर्थिक घोटालासम्बन्धी चर्को विवादपछि सरकारले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि ९ओबीसीआई० सँगको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गरेको थियो ।
यस्तै बैठकमा अरू अन्य नियमित एजेण्डामाथि छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।


