रत्ननगरले भोलि (मंगलबारबाट) ज्याला मजदुरलाई राहत वितरण गर्ने

रत्ननगर १७ चैत्र । रत्ननगर नगरपालिकाले ज्याला मजदुरी गरि खाने मजदुरलाई राहतको प्याकेज दिने निर्णय गरेको छ ।
विश्वमा फैलिएको कोरोना भाइरसका कारण देशलाई नै लकडाउन गरिएको अवस्थाको मध्यनजर गर्दै ज्यालादारी गरि आफ्नो बिहान बेलुकाको छाक टार्ने मजदुरहरुलाई नगरपालिकाले दुई तरिकाले राहत बिरतण गर्ने भएको छ । चार जना सम्मको परिवारलाई २० किलो चामल, दुई किलो दाल, एक लिटर तेल, एक पोका नुन , एक पिस साबुन दिने र चार जना भन्दा माथिको परिवारका लागि २५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल, एक पोका नुन दिन लागिएको हो ।
नगरपालिकाले सबै वडाका जनप्रतिनिधि र टोल बिकास मार्फत वडामा भएका मजदुरहरुको वास्तविक तथ्यांक संकलन गर्ने र जनप्रतिनिधि र प्रशासनको रोहवरमा राहत सामग्री बाड्ने नगर प्रमुख नारायण वनले जानकारी दिनुभएको छ । उक्त निर्णयलाई संचार मार्फत सूचना प्रवाह गरि मंगलबारबाट नै लागू हुने गरि काम गर्ने पनि प्रमुख वनले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट