चितवन समाचार डटकम, १७ चैत । भरतपुर महानगरपालिकाले लकडाउनका कारण समस्यामा परेका बिपन्न परिवारलाई राहत बितरण गर्ने भएको छ ।
यस कार्यका लागि स्थानीय टाेल विकास संस्थाहरुसंग समन्वय गरि दुई दिन भित्र बिपन्न परिवारकाे लगत सङ्कलन गर्न वडा कार्यालयहरुलाई महानगरले अाग्रह गरेकाे प्रवक्ता अरुणपिडित भण्डारीले जानकारी दिनुभयाे ।
महानगर प्रमुख रेनु दाहालकाे अध्यक्षतामा अाज बसेकाे बैठकले विपन्न परिवारलाई राहत बितरण गर्न तत्काल लगत सङ्कलन थाल्ने निर्णय गरेकाे हाे । राहत उपलब्ध गराउनु पर्ने वा नपर्ने परिवारका सन्दर्भमा महानगरले मापदण्ड समेत बनाएकाे छ ।
महानगर भित्र काेहि पनि व्यक्ति वा संस्थालाई अाफुखुसी राहत बाड्न पनि राेक लगाईएकाे छ । राहत वितरणलाई ब्यवस्थित गर्न वडा कार्यालयहरु मार्फत एकद्वार प्रणाली कायम गर्न लागिएको प्रवक्ता भण्डारीले चितवन समाचार डटकमलाई जानकारी दिनुभयाे । साथै बैठकले अन्यत्र घर भई महानगरभित्र काम वा ब्यवसायमा रहेकालाई घर फिर्ता जान अावश्यक परे वडा कार्यलयवाट समन्वय गर्ने निर्णय गरेकाे छ । यसैगरी महानगर भित्रकाे क्वारेन्टाइन व्यवस्थित गर्न स्थानिय प्रशासन सङ्ग समन्वय गर्ने निर्णय भएको छ ।
यस्ताे छ राहत बितरणकाे मापदण्ड



