धनगढीमा एकजनालाई काेराेना पुष्टि,अवस्था खतरामुक्त

धनगढी, १४ चैत : सरकारले नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण नियन्त्रित अवस्थामै रहेको बताइरहेका बेला धनगढीमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।

शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार आएको रिपोर्टमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । दुबईबाट आएका उनी ३४ वर्षका छन्। उनको अवस्था खतरामुक्त छ ।
फ्रान्सबाट कतार हुँदै आउने एक १९ वर्षीया युवती र दुवईबाट आएका एक युवाको टेकुमा उपचार भइरहेको छ । यसअघि कोरोना भाइरस देखिएका एक जना निको भएर घर फर्किसकेका छन् ।
डा देवकोटाका अनुसार ती व्यक्ती चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। देवकोटाले उपत्यकाबाहिर समेत संक्रमित भेटिएपछि लकडाउन, होम क्वारेन्टाइन र सेल्फ आइसोलेसन लगायतका नियम थप कडाइका साथ पालना गर्न अनिवार्य भएको बताए।

शेयर गरौ

ताजा अपडेट