चितवन समाचार डट कम ,
१४ चैत । भरतपुर काेराेना विशेष अस्पतालमा परिक्षण तथा उपचारका लागि आज दिउसाे थप दुई जना गरि १४ जना भर्ना भएका छन् । स्वाव परिक्षणका लागि काठमाडौं पठाईएकाे ११ जनाकाे रिपोर्ट आउन बांकि रहेकाे अस्पतालका प्रवक्ता डाक्टर भाेजराज अधिकारीले जानकारी दिनुभयाे ।”
हिजाे ११ जनाकाे पठाएको हाे, आज थप दुईजना आउनु भएको छ उहाँहरुकाे स्वाव आजै पठाईन्छ”-डाक्टर अधिकारीले भन्नुभयाे । अस्पतालले आजै बिहान सम्म १३ जनालाई डिस्चार्ज गरेकाे जनाएको छ । अहिले सम्म
आएका सबै रिपोर्ट हरु काेराेना नेगेटिभ देखिएका छन् । हाल सम्म अस्पताल बाट १ सय ३१ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।


