घरबाहिर निस्केकालाई प्रहरीले सम्झाएर पठायो

चितवन ११ चैत । घर बाहिर ननिस्कन सरकारले लकडाउन गरेपनि नियम उल्लंघन गरी हिडेका सर्वसाधारणलाई प्रहरीले अनुरोध गरी फर्काएको छ ।
आज विहानदेखि लकडाउन गरिएपनि जिल्लाका विभिन्न स्थानमा सर्वसाधरणको बाक्लो उपस्थिति भएपनि प्रहरीले सम्झाएर घर पठाएको हो । मोटरसाइकल, साइकल, पैदल हिडेकालाई केही समय रोकेर नियमबारे सचेत पारी फर्काएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनु भयो ।
भरतपुर, नारायणगढ, रत्ननगर, भण्डारा लगायतका स्थानमा केही सर्वसाधारण बाहिर निस्केका थिए ।

शेयर गरौ

ताजा अपडेट