चितवन १० चैत । अत्यावश्यक सेवा बाहेक अन्य बन्द गरेपछि भरतपुर अस्पतालको ओपीडी सुनसान भएको छ ।
अति आवश्यक सेवा मात्र सन्चालन गर्न सरकारले निर्देशन दिएपछि यहाँका अस्पतालले पनि नियम कडाइका साथ पालना गरेको छ । कोरोना भाइरसको संक्रमण हुन नदिनको लागि सरकारले कडाइ गरेको छ । सोही अनुसार ओपिडी सेवामा अति आवश्यक मात्र सेवा प्रदान गरेको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनु भयो ।
बिहान ८ बजे देखि नै खुल्ने ओपिडीमा बिहान १०:३० सम्म ज्वरोका ७ जना मात्र बिरामीले टिकट काटेको सुचना अधिकारी पौडेलले बताउनु भयो । यसै बिच अस्पतालको आइसोलेशन वार्ड मा भर्ना भएका बिरामीको रगत परिक्षण आइनसकेको उहाले जानकारी दिनु भयो । अस्पताल सडकमा अहिले चहलपहल पातलिएको छ ।


