चितवन ८ चैत । चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा कोरोनाको आसङ्कामा दुइजनालाइ भर्ना गरिएको छ ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारीका अनुसार शुक्रबार एकजना र शनिबार एकजना भर्ना गरिएको हो । बिरामीलाई उच्च ज्वरो आएपछी भर्ना गरिएको हो । बिरामीको रगत परिक्षण गर्न काठमाडौ पठाएकाले रिपोर्ट नआउदा सम्म केही भन्न नसकिने डाक्टर तिवारीले बताउनु भयो ।
भरतपुर अस्पतालमा यस अगाडि पनि कोरोनाको आसङ्कामा आइसोलेसनमा भर्ना गरि रगत परिक्षण गर्ना नेगेटिभ आएको थियो । शनिवार साझ सम्म कुनै पनि व्यक्तिमा कोरोना लागेको पुष्टि जानकारी नभएको डाक्टर तिवारीले बताउनु भयो ।


