यसरी हुदैछ भरतपुर कोरोना विशेष अस्पातल निर्माण कार्य (भिडियो सहित)

चितवन ६ चैत । कोरोना भाइरस संक्रमितको लागि राख्न भरतपुर कोरोना विशेष अस्पताल निर्माण कार्यले तिब्रता भएको छ ।
नेपालमा कोरोना रोगी भएमा वा आशंका लागेका व्यक्ति भएमा उनीहरुको लागि अलगै अस्पातालमा राखेर उपचार गर्नको लागि भरतपुरमा विशेष अस्पताल निर्माण कार्य सुरु भएको हो । भरतपुरको प्रदर्शनी केन्द्रमा यसको निर्माण कार्य भइराखेको छ । नेपाली सेना, शसस्त्र प्रहरी, जनपथ प्रहरीको सक्रियतामा निर्माण कार्यले तिब्रता पाएको हो ।
अस्पतालमा अहिले एक दर्जन भन्दा धेरै शैया राखिसकेको छ भने अन्य वेड राख्ने काम भइराखेको छ । विशेष अस्पतालको निर्माण कार्यका लागि भरतपुर महानगरपालिकाले चासो देखाएको हो । भरतपुर अस्पतालका चिकित्सक, भरतपुर महानगरपालिका प्रमुख, प्रमुख जिल्ला आधिकारी सरोकारवालाहरुले यसको निर्माणमा चासो दिएका हुन् ।
अस्पताल निर्माणको फोटो फिचर

शेयर गरौ

ताजा अपडेट