पाइदैन भन्दै नुन खरिद गर्न उपभोक्ताको भीड : साल्ट ट्रेडिङ भन्छ अभाव हुदैन

चितवन ३ चैत  । कोरोना भाईरसको त्रासका कारण बजारमा नुनको अभाव भएको गुनासो बढेपनि नुनको आधिकारिक बिक्रेता साल्ट ट्रेडिङ कर्पोरसन चितवनले भने बजारमा नुनको अभाव नभएको जनाएको छ ।

कोरोनाको प्रकोप भारतमा बढेसंगै भारतले नाकाबन्दी गर्ने र त्यसले गर्दा ठुलो असर नुनमा पर्ने भन्दै सर्वसाधारणहरुले अहिले धमाधम नुनको बढी भण्डारण गर्न थालेकाले बजारमा नुनको माग बढी भएको र नुन ल्याएपछि खोसाखोस हुने गरेको ब्यापारीहरु बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले गरेको अनुगमनका क्रममा पनि ब्यापारीहरुले अरु खाद्य बस्तुको अभाव नभएको तर नुन भने एकै जनाले १० किलोसम्म लैजान थालेकाले पसलमा नुन ल्यउनासाथ सकिने गरेको बताएका थिए । नुन सस्तो र अत्यावश्यक भएकै कारण पनि अहिले उपभोक्ताले धेरै भण्डारण गर्न थालेको ब्यापारीहरु बताउँछन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय चितवनका प्रमुख बुद्धिबिनोद दाहालले बजारमा नुनको अभाव नभएको र नारायणगढकै गोदाममा पनि कम्तीमा १० महिनालाई पुग्ने नुन मौज्दात रहेकोले आत्तिनु पर्ने अवस्था नभएको बताउनु भयो ।

उहाँले नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै उपभोक्ताहरु आत्तिनु पर्ने अवस्था नभएको बताउनु भयो । बजारमा अभावको हावादारी हल्ला चलाएर बजार भाउ बढाउने कालो बजारियाहरुलाई निरुतसाहित गर्नु पर्ने उहाँको भनाई छ ।

आपत विपदमा साल्ट ट्रेडिङले आफनो जिम्मेवारी प्ररा गर्ने गरेको उहाँले बताउनु भयो । अरु आवश्यक खाद्यबस्तु चिनी, दाल, चामल, गेडागुडी समेत आफुहरुको गोदाममा रहेको र सुपथ मुल्य पसलमार्फत बिक्री गरिरहेको दाहालको भनाई छ ।

शेयर गरौ

ताजा अपडेट