काठमाडौं ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ ।
उहाको २१ गते बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिनु भयो । परिवारले भने अझै केही दिन अस्पतालमा नै राख्नको लागि सुझाएका थिए ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार हुदै आएको अस्पतालले जानकारी दिएको छ ।


