चितवन समाचार डटकम,
२६ फागुन । पत्रकार वसन्त पराजुरीद्वारा लिखित कथाहरुको संग्रह कुमाता विमोचन गरिएको छ ।
गोरखापत्र दैनिकका सम्पादक तथा साहित्यकार श्रीओम श्रेष्ठ रोधनले कथासंग्रह सोमबार गैडाकोटमा विमोचन गर्नु भएको हो । चितवन जिल्लामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका कथाकार पराजुलीले रिपोटिङका क्रममा देखिएका घटनाहरुलाई कथाको रुपमा उतार्नु भएको छ ।
समाजमा देखिएका समस्या, सस्कार, कुरितीलाई चित्रण गरी कथा लेखिएको लेखक पराजुरीले बताउनु भयो । विभिन्न विषयहरु समेटेर १० वटा कथा पुस्तक समावेश भएका छन् । खास गरी महिलाले बच्चा जन्माएर पनि किन पालन पोषण गर्न सक्दिनन् र वाध्य भएर मार्न पुग्छिन्, समाजको डरले उनले बाबु र बच्चाको नाम दिन सक्दिनन भन्ने कथा समेटिएकाले कुमाता शीर्षक रहेको उहाले बताउनु भएको छ ।
कथाहरुको संग्रह विमोचन गर्दै गोरखापत्रका सम्पादक तथा साहित्यकार श्रीओम श्रेष्ठ रोधनले साहित्यमासिर्जनशीलता र निरन्तरको खाचो रहेको बताउनु भयो । पैसा र धनसम्पत्तिको आडमा साहित्यमा आउने पछि हराएर जाने सस्कारको विकास भएकाले यस तर्फ नव सर्जकले ध्यान दिनु पर्नेमा जोड दिनु भयो । कार्यक्रमा कथाकार एलसी क्षेत्री, साहित्कार भूपिनलगायतले कथा संग्रहको विषयमा टिप्पणी गर्नु भएको थियो । पराजुरीको साहित्यिक यात्राको पहिलो कृति कुमाता कथा संग्रह हो । पुस्तकलाई भुडिपुराणले प्रकाशन गरेको छ यसको मुल्य दुइसय रुपियाँ तोकिएको छ ।
अक्षर समुहको आयोजनामा भएको कार्यक्रमको सभापति समुहका अध्यक्ष प्रभाकर पण्डित रहनु भएको थियो ।


