शीर्ष नेताका बिच समस्या छैन कार्यकर्ताहरु बिचलित नहुनुस : प्रचण्ड

चितवन समाचार डटकम,
२५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका शीर्ष नेताहरु बिच देखिएको सामान्य मतलाई लिएर तल्लो तहाका कार्यकर्ता बिचलित हुन नहुने बताउनु भएको छ ।
नेकपा चितवनको सचिवालय बैठकमा आइतबार सम्बोधन गर्नु हुदै पूर्वप्रधानमन्त्री समेत रहनु भएका प्रचण्डले केही दिन अगाडि पार्टीको सचिवालय वैठकपछि भएको सामान्य मत विभाजनलाई लिएर कार्यकर्ताले बिचलित मनस्थिति बनाएको भए त्याग्न अनुरोध गर्नु भयो । अध्यक्ष प्रचण्डले भन्नु भयो ‘माथिका शीर्ष नेताहरु बिच केही विषयमा मत मतान्तर भइरहन्छ आज मत एक हुदैन भोली हुन्छ, त्यही कुरालाई लिएर तल्लो तहमा मत विभाजन भयो भने मिलाउन समस्या हुन्छ ।’
माथि कुनै समस्या छैन हामी मिलिहाल्छौ तपाईहरुमा समस्या आयो र मिल्नु भएन भने मिलाउन कठिन हुन्छ । त्यसैले माथिको कुरा होइन तपाइ तल्लो तहमा पार्टी निर्माणमा लाग्नुहोस अध्यक्ष प्रचण्डले भन्नु भयो । तपाइहरु पार्टीको खम्बा हो जनस्तरमा पार्टीको कार्य योजना, सरकारको काम, पार्टीले खेल्नु पर्ने भूमिका सबै जिम्मेवारी पूरा गर्नु छ । कार्यकर्तामा समस्या आएमा त्यसलाई जोड्न धेरै मेहनत गर्नु पर्दछ त्यसैले माथि के भयो भन्दा पनि हामी एक छौ तपाइहरुलाई हाम्रो यस्तो सुझाब छ भनेर सल्लाह दिन सक्नु हुन्छ अध्यक्ष प्रचण्डले भन्नु भयो ।
सम्वोधन गर्नु हुदै उहाले पार्टी सचिवालय वैठकले गरेको निर्णय कार्यन्वयन हुनेमा ढुक्क रहन अनुरोध गर्नु भयो । अध्यक्ष तथा प्रधानमन्त्री उपचारको लागि अस्पतालमा हुनुहुन्छ त्यहाबाट फर्केपछि निर्णय कार्यान्वयन हुनेछ । हामीले एक मत भएर उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेका छौ त्यो कार्यान्वयन हुनेछ त्यसमा दुइ मत हुदैन प्रचण्डले भन्नु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको हामीले स्वास्थ्य लाभको कामना गरेका छौ उहा छिटो ठिक भएर आउनु भएपछि पार्टीका कामले गति लिने छ अध्यक्ष प्रचण्डले भन्नु भयो । पार्टीले सञ्चालन गरेका गतिविधि, सरकारले गरेका राम्रा कामको विषयमा जनस्तरसम्म लैजान सबैलाई निर्देशन दिनु भयो । जिल्लाका विभिन्न कायक्रममा सहभागी भएर आइतबार काठमाण्डौ फर्कनु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट