भरतपुर महानगरको अपिल : कोरोनाबाट सतर्क हुन भिडभाड नजानु

चितवन, २१ फागुन । विश्वभर फैलदै गएको कोरोना भाइरसबाट वच्नको लागि भरतपुर महानगरपालिकाले नगरबासीलाइ सतर्क रहन अनुरोध गरेको छ ।

महानगरपालिकाले आज प्रेस बिज्ञप्ति जारी गरि   संक्रमणबाट बच्नको लागि धेरै मानिसको चहलपहल हुने भीडभाडमा नजान अपिल गरेको हो ।

सूचनामा मेला, पर्व र पारिवारिक जमघटमा सहभागी नहुन सबैलाई अनुरोध गरिएको छ । रुखा वा खोकी लागेमा मास्कको प्रयोग गर्न र साबुनपानीले राम्रोसँग हात धुन पनि महानगरले सबैलाई जानकारी गराएको छ । महानगरले यदि सूचना विपरित जात्रा, पर्व, मेला र उत्सवजस्ता कार्यक्रम गरेमा नियमअनुसार कारबाही गरिने पनि सार्वजनिक सूचनामा प्रष्ट पारेको छ ।

शेयर गरौ

ताजा अपडेट