चितवन समाचारडटकम, १६ फागुन ।
फागुन १८ देखि २४ गते सम्म गर्न लागिएको पाचौं मेघाैली पर्यटन महाेत्सवकाे सम्पूर्ण तयारी पूरा भएको छ ।
मेघाैली पर्यटन बिकास समिति,भरतपुर २७ र २८ एवम् मेघाैली उपभोक्ता समितिकाे सयुक्त अायाेजनामा हुन लागेकाे महाेत्सवकाे तयारी पूरा भएको आज नारायणगढमा पत्रकार सम्मेलन गरि जानकारी दिईएकाे हाे । मेघाैलीलाइ राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा चिनाउने उदेश्यले महाेत्सवकाे अायाेजना गरिएको मुल समारोह समितिका संंयाेजक हरिचन्द्र महत्ताेले बताउनुभयाे ।
महाेत्सवमा जङ्गल सफारी, आदिवासी जनजातिका नृत्य,झाकि, खानाका परिकार, सांस्कृतिक कार्यक्रम, कृषि तथा उद्यमकाे प्रदर्शनी लगायत रहने महताेले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा
महाेत्सवकाे प्रवर्द्धकका रुपमा रहेकाे उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले मेघाैलीको पर्यटन बिकासमा महाेत्सवले महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गर्नुभयाे ।
पत्रकार सम्मेलनमा उवासंघ चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधान, मुल समारोह समितिका सहसंयाेजक राजु भुषाल, सचिव पिताम्वर अर्याल, दिपक थापा, विष्णु पाैडेल,विश्व सुवेदी लगायत उपस्थित हुनुहुन्थ्यो ।


