पार्टीको निर्णय प्रधानमन्त्रीले जसरी पनि मान्नु हुन्छ : अध्यक्ष प्रचण्ड

चितवन १६ फागुन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नेकपा अर्का अध्यक्ष केपी शर्मा ओलीले जसरीपनि मान्ने बताउनु भएको छ ।
प्रेस संगठन चितवनले आज भरतपुर विमान स्थलमा गरेको पत्रकार सम्मेलनमा उहाले भन्नु भयो सचिवालय वैठकले सर्वसम्वत रुपमा गरेको निर्णय मान्दिन भन्न पाइदैन । दुइजना अध्यक्ष भएर सर्वसम्वत रुपमा गरेको निर्णय मान्दिन भनेर भन्न पाइदैन सबैले मान्नु पर्दछ ।
उहाले राष्ट्रिय सभा सदस्यमा एक जना सदस्य सिट खाली भएकाले त्यहाँ पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई लैजाने भन्ने निर्णय गरेका हौ उहा जानु हुन्छ । प्रधानमन्त्रीले वामदेवलाई सिफारिस गर्नु हुन्न भन्ने पत्रकारको प्रश्नमा उहाले फागुन २१ गते भित्र उहाले सिफारिस गर्नु हुन्छ यो पार्टीको निर्णय हो । अन्तरराष्ट्रिय पोल्ट्री महोत्सवको उद्घाटन गर्न उहा चितवन आउनु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट