क्यान्सर अस्पतालको संचालक समिति सदस्यमा न्यौपाने र अधिकारी नियुक्त

चितवन १३ फागुन ।  सरकारले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदहरुमा ६ जनालाई नियुक्ती गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छ जनालाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

नियुक्ति हुनेहरुमा डा कैलाश भण्डारी, डा रक्षा श्रेष्ठ, डा विनय ठाकुर, डा सम्पदा सुन्दास, निशा अधिकारी र रामप्रसाद न्यौपाने रहेका छन् ।

न्यौपाने यस अगाडि पनि संचालक समिती सदस्य भएर काम गरि सक्नु भएको छ् । उहाँ नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष समेत रहनु भएको छ । अधिकारी अनेरास्ववियु नेत्री हुन ।

शेयर गरौ

ताजा अपडेट