पार्टी भित्र सर्वहारा वर्ग चरित्र हराउदै गयो : गृहमन्त्री थापा

चितवन, १२ फागुन । गृहमन्त्री रामवहादुर थापा बादलले मुलुकलाई समाजवादमा लैजानको लागि सर्वहारा वर्ग चरित्र आवश्यक रहेको बताउनु भएको छ ।
नेकपा चितवनले भरतपुरमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्वोधन गर्दै उहाले पार्टी भित्र सर्वहारावर्ग चरित्रबाट स्खलन हुदै गएकोमा चिन्ता प्रकट गर्नु भयो । उहाले भन्नु भयो ‘हाम्रो जीवन शैलीमा परिवर्तन भयो, सर्वहारावर्गको जस्तो भएन सामन्तवादी सस्कार बढेको छ, यो हामी कम्युनिष्टको लागि हानीकारक छ ।’ यो विषयमा हामीले भर्खरै सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकमा गम्भिर रुपमा समिक्षा गरेका छौ ।
सर्वहारा चरित्रलाई कायम राख्न सकेनौ भने समाजवाद निर्माण गर्न सक्दैनौ नेकपाका सचिवाल सदस्य समेत रहनु भएका गृहमन्त्री थापाले भन्नु भयो ‘समाजवादी क्रान्त्रीको लागि आफ्नो आचरण व्यवहारलाई सुधार गर्दै लैजानु पर्दछ ।’
उहाले भन्नु भयो साँस्कृतिक अभियानमा सुधार गर्नु पर्नेछ । पार्टी बिच फेरि छुवाछुतका अवस्था बढेको छ । महिला र पुरुष बिच विभेद वृद्धि भएको छ । यस्तो हुनु भनेको वर्गीय चरित्रमा आएको व्यवहार हो । पार्टी भित्र ठुलो प्रशिक्षण, भेला छलफलको खाँचो छ । तलसम्म प्रशिक्षण गर्नु पर्ने जरुरी रहेको छ । पार्टीको योजना अनुसार चैत बैशाख र जेठ तीन महिना अभियान चलाउने निर्णय गरेको छ । समाजवादको आधार निर्माण गर्न यो अभियानले मद्दत गर्ने छ उहाले भन्नु भयो ।
कार्यक्रममा उहाले भ्रष्टाचार, तस्करी, कालोबजार, तस्करको विरुद्धमा आन्दोलन गर्नु जरुरी रहेको बताउनु भयो । यदी हामीले समाजका यस्ता दुष्मनलाई पराजय गर्न सकेनौ भने समाजवाद नआउने भन्दै चिन्ता व्यक्त गर्नु भयो । एकतिहाइ महिला नेतृत्व पार्टीमा पु¥याउने नीति लिएको जानकारी दिनु भयो ।
पार्टी भित्र गुटवन्दी वृद्धि भएको भन्दै उहाले समाजवाद गुटवन्दीले होइन सिंगो पार्टीको नेतृत्वले मात्र ल्याउन सक्ने भएकाले गुटवन्दी अन्त्य हुनु जरुरी रहेको बताउनु भयो । उहाले पार्टी बलियो बनाउने भन्दापनि गुट कसरी बलियो बनाउन सकिन्छ भन्ने तर्फ लाग्दा पार्टी कजोर हुदै गएको नेतृत्वले महसुस गरेको बताउनु भयो । गुटकै कारण कमिटी निर्माण गर्न कठिन, निर्माण गरे वैठक बस्न र बैठक बसे निर्णय गर्न नसक्ने अवस्थाबाट गुज्रीनु परेको भन्दै यसमा नेतृत्वबाछटनै सुधार हुनु पर्नेमा जोड दिनु भयो । गुटकै कारण पार्टीको एकता प्रकृया टुङगिन ढिला भएको र त्यसको फलस्वरुप केन्द्रीय कमिटीको वैठक झण्डिै दुइवर्षमा वसेको बताउनु भयो ।
कार्यक्रममा उहाले पार्टीको कार्यदलले प्रतिवेदन वुझाएकाले सचिवालयको वैठकमा अध्ययन गरेर मात्र एमसीसीको बारेमा निर्णय लिने जानकारी दिनु भयो । एमसीसीलाई अस्वीकार, स्वीकार, परिमार्जन गरी स्वीकार के गर्न सकिन्छ अध्ययन पछि जानकारी दिने बताउनु भयो ।
सोमबार चितवन आउनु भएका गृहमन्त्री थापा एकदर्जन कार्यक्रममा सहभागी हुनु भएको छ । जिल्लाका सुरक्षा निकायलाई निर्देशन, प्रहरी कार्यालयको उद्घाटनलगायतको कार्यक्रममा सहभागी हुनु भएको छ ।

शेयर गरौ

ताजा अपडेट