सडक वोर्डको ढाटलाई उपयुक्त स्थानमा राखिन्छ : गृहमन्त्री वादल

चितवन १२ फागुन । गृहमन्त्री राम वहादुर थापा बादलले देशभरमा रहेको सडक वोड दस्तुर संकलन केन्द्र्रलाई जिल्लाको सीमा क्षेत्रमा राखिने बताउनु भएको छ ।
रत्ननगरमा सुरु भएको पाँच दिने व्यापार, विश्लेषण तथा निकासी प्रर्वद्धन सम्बन्धी तालिमको उद्घाटन गर्नुहुँदै सडकमा राखिएको ढाटले समस्या पारेको गुनासो आएकाले त्यसलाई सम्वोधन गरिने बताउनु भयो । चितवन जिल्लाको गोन्द्राङमा रहेको ढाटले मात्र होइन देशभरीका उपयुक्त स्थानमा नरहेको ढाटलाई व्यवस्थित पार्ने जानकारी दिनु भयो ।
रत्ननगर उवासंघ र व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र काठमाडौंको आयोजनामा भएको कार्यक्रमा उहाले तपाईहरुलाई समस्या बनाएको गोन्द्राङको ढाँट सर्छ ।
चितवन जिल्लामा प्रहरीको दरवन्दी अभाव भएको भन्दै मन्त्री थापाले प्रदेश प्रहरी गठनको प्रकृया अघि वढेकाले त्यससंगै अहिलेको समस्या समाधान हुने जानकारी दिनु भयो । सुखि नेपाली सम्बृद्ध नेपाल वनाउन सरकारले बिकासको गतिलाई तिब्र बनाएको बताउनुभयो ।
कार्यक्रममा उहाले निर्यात मुखी अर्थतन्त्र सबल हुनुपर्नेमा जोड दिनु भयो । औद्योगिक, व्यापार र अर्थनीतिको विश्लेषण गरेर सुधार गर्नुपर्ने बताउनु भयो । उहाँले उत्पादन वढाएर निर्यात तर्फ जोड दिनुपर्ने पनि बताउनुभयो । आन्तरिक सुरक्षा व्यवस्था सबल बनाउन सरकार लागि परेको भन्दै उहाँले सुरक्षा कर्मीको मनोवल उच्च बनाउन गृह मन्त्रालयले काम गरिरहेको बताउनुभयो । ठाउँठाउँमा चौकीहरु निर्माण र पुनः निर्माणको काम भईरहेको पनि थापाको भनाई थियो ।
संघका अध्यक्ष राजाराम रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणा लगाएतले बोल्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट