अनसनरत वडा अध्यक्ष पौडेलको अवस्था गम्भिर अस्पताल भर्ना ः वेवास्ता भएको भन्दै काँग्रेसको अपत्ती

चितवन १२ फागुन । जनपक्षीय ऐन हुनु पर्ने भन्दै छ दिनदेखि अनसनमा बसेका माडीका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलको अवस्था गम्भिर भएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ ।
राष्ट्रिय निकुञ्ज ऐन २०२९ले माडीवासीलाई असर पारेको, ऐन जनपक्षीय हुनु पर्ने लगायतको विषयलाई लिएर उहा आमरण अनसनमा वस्नु भएको थियो ।
स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई आज विहान माडीबाट भरतपुर अस्पताल ल्याईएको छ । भरतपुर अस्पतालको आईसियुमा उहाको उपचार भईरहेको छ । पौडेलको रक्तचाप , मुटुको धड्कन तलमाथी भईहरहेको चिकित्सकले जानकारी दिएका छन् । रगतमा अक्सिजनको कमी, शरीरमा नुन, ग्लुकोज, भिटामिन र पानीको कमी र पिसाबमा किटो – फोहोरको मात्रा दिनहुँ बढेको भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले बताउनु भयो । अवस्था अत्यन्तै जटिल भएकोले अस्पताल भर्ना हुन सुझाव दिदाँ उहाँ मान्नु भएन ’ डा पौडेलले भन्नु भयो ‘ मुटुको धड्कन , रक्तचाप र अक्सिन र श्वासप्रश्वास हेर्न निगरानीको लागी कर्डियाक मानिटरिङमा राख्नुपर्ने अवस्था आएको छ ’ ।
चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको माडीको विकासका लागी बाधक भएको भन्दै निकुञ्ज ऐनको संसोधनको माग राखेका छन । सात वटा माग राखेर माडी नगरपालिका १ का वडाध्यक्ष पौडेल अनशन बस्नु भएको हो ।
तर पटक पटक अनशन बस्ने चेतावनी दिदै आउनु भएका नगर प्रमुख ठाकुर ढकाल भने अनशन बस्नु भएको छैन । गत वर्ष माघ १६ गते अनसन बस्ने घोषणा गरेका ढकालले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ लाई भेट गरी माग सुनवाई हुने आश्वासन पाएपछि अनसन स्थगित गर्नु भएको थियो ।
राष्ट्रिय निकुञ्ज सम्बन्धी ऐन २०२९ लाई विनियम संसोधन गर्न बनेको पाँचौ संसोधन नियमावली समेत जनपक्षीय नभएकाले पुन संसोधन गर्नुपर्ने, निकुञ्जबाट बढी प्रभावित बस्ती बाँदरझुला, अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने, लागत तथा उत्पादनको आधारमा बालीको क्षतीपूर्तिको व्यवस्था हुनुपर्ने लगायतका माग राखेका छन् ।
नेपाली कांग्रेसले आमरण अनसनमा बसेका वडाध्यक्ष पौडलेको जीवन रक्षाको माग राख्दै नेपाली काग्रेसले ध्यानाकर्षण गराएको छ । सरकारले अनसन बसेका पौडेलको माग प्रति सरकारले वेवास्ता गरेको भन्दै ध्यानाकर्षण गराएको छ । आइतबार माडीका चार वटै मध्यवर्ती उपभोक्ता समितिका कार्यालयमा तालाबन्दी गरिएको छ । काग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले माडीबावसीको समस्यालाई लिएर गरिएको अनसनप्रति राज्य मौन रहेको आरोप लगाउनु भयो । काँग्रेसले आज प्रेस विज्ञप्ति जारी आन्दोलनको घोषणा गरेको छ ।

जिल्ला सभापति जीतनारायण श्रेष्ठ द्धारा जारी विज्ञप्तिमा चितवन बन्द सम्मको घोषणा गरिएको छ ।

आन्दोलनका कार्यक्रमहरु आज १ बजेदेखि २ बजेसम्म चौबिसकोठीमा चक्काजाम, १३ गते १२ः३० देखि १ः३० बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना,  १४ गते बेलुका ६ बजे लायन्चोकबाट पुल्चोकसम्म मसाल जुलुश, १५ गते चितवन बन्द

शेयर गरौ

ताजा अपडेट