आन्तरिक पर्यटन प्रवद्र्धन गर्न भरतपुर लुम्बिनी कार र्‍याली

चितवन, ७ फागुन । भरतपुर महानगरपालिका भित्रको पर्यटन प्रवद्र्धन गर्नको लागि भरतपुरदेखि लुम्बिनीसम्म वृहत कार र्‍याली गरिने भएको छ ।
भरतपुर महानगरको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक पर्यटक भित्राउनको लागि सहयोग पुर्‍याउन र्‍याली आयोजना गरिएको हो । पर्यटन वर्ष २०२० लाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनु भयो । कार र्‍याली फागुन १० गते शनिबार विहान नारायणगढबाट लुम्बिनी प्रस्तान गर्ने आज पत्रकार सम्मेलन गरी महानगरले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका विच भगिनी सम्बध कायम गरिको छ प्रमुख दाहालले भन्नु भयो यसले दुई स्थानिय तहविच अनुभव आदानप्रदानमा समेत सहयोग पु¥याउने छ । महानगरपालिकाले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाको भनाई छ ।

र्‍यालीमा करिब १ सय ५० कार सहभगी हुने छ । जसमा जिल्लाका जनप्रतिनिधि,राजनीतिक दलहरु,नागरिक समाज,सरकारी कार्यालयका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि,उद्योगी व्यवसायी,पत्रकार लगाएतको सहभागिता रहने छ । र्‍यालीमा सहभागी हुने कारमा स्टीकर, झण्डा र फ्लेक्स मार्फत भरतपुरको प्रबद्र्धन गरिने छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुन्ज तथा नारायणी र राप्ती नदिले घेरिएको भरतपुर महानगरपालिका प्राकृतिक,धार्मिक,सांस्कृतिक एवं एतिहासिक सम्पदाले परिपूर्ण छ । महानगरका २९ मुख्य पर्यटकीय गन्तव्यहरु पहिचान भएका छन् । मेघौली, पटिहानी, बिसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वर ब्लक, नारायणी नदि बीच तथा चौकी डाँडा महानगरका प्रमुख ७ पर्यटकिय केन्द्र हुन् । संघिय सरकारको १ सय गन्तव्यहरुमा बिसहजारी ताल,पटिहानी तथा बाग्मती प्रदेशको उत्कृष्ट १० पर्यटकीय गन्तव्य भित्र मेघौली सूचिकृत भएको छ ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० अन्तर्गत भरतपुर महानगरपालिकाले पर्यटन प्रबद्र्धन गर्न ३२ कृयाकलापको घोषणा गरेको छ । नयाँ कार्यक्रम अन्तर्गत कार प्रयोग गरिएको पर्यटन विज्ञ विश्व सुवेदीले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट