चितवन ६ फागुन । चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १४ लाई बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको छ । आवश्यक ३९ वटा सूचकहरु पुरा गरि वडालाई मंगलबार बालमैत्री घोषणा गरिएको हो । पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा एक समारोहका बीच बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको थियो ।
प्रमुख अतिथि पूर्वअर्थमन्त्री पाण्डेले वडा अध्यक्ष हरिकुमार श्रेष्ठलाई घोषणा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सो अबसरमा पूर्वअर्थमन्त्री पाण्डेले घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सवै वडावासी जिम्मेबार बन्नु पर्ने बताए । बालमैत्री घोषणासँसै चुनौती थपिएको छ पाण्डेले भने कुनै पनि बहानामा बालबालिकाहरु शोषणको चपेटामा पर्नु भएन । पूर्वअर्थमन्त्री पाण्डेले सरकारी विद्यालयमा शिक्षाको चुनौती रहेको भन्दै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे । प्रदेश सांसद कृष्णप्रसाद खनालले पूर्ण वाल अधिकार सहितको नगर मात्र नमुना नगर बन्ने बताए ।
कार्यक्रममा मेयर नारायण वनले रत्ननगरलाई निकट भविश्वमै वालमैत्री घोषणा गरिने बताए । उनले नगरभित्रका वालवालिकाको शिक्षालाई प्रभावकारी बनाउन सामुदायिक विद्यालयलाई बलियो बनाइने बताए । कार्यक्रममा वडाध्यक्ष हरिकुमार श्रेष्ठले वालवालिकालाई श्रममा लगाउनेलाई कानुनी कारबाहीसंगै सामाजिक बहिस्कार गर्ने बताए । उनले घोषणा कार्यान्यनको लागि तीन बर्षे रणनीतिक योजना बनाइएको बताए ।
कार्यक्रममा वडा सदस्य तथा वाल संरक्षण समितिकी सदस्य गीता दाहालले वालमैत्री वडा घोषणाको लागि गरिएका कामको प्रगति वितरण प्रस्तुत गरेकी थिइन । कार्यक्रममा रत्ननगर उद्योग बणिज्य संघले वडा स्तरीय वाल क्लवलाई खेलकुदका सामाग्री हस्तान्तरण गरेको थियो । कार्यक्रममा जनप्रतिनिधिहरुले वालश्रम विरुद्ध सामुहिक हस्ताक्षर समेत गरेको वालसंरक्षण समितिकी सदस्य तथा मञ्च व्यवस्थापन समितिकी संयोजक विष्णु भण्डारी कट्टेलले जानकारी दिइन ।
कार्यक्रममा पूर्व सांसद एकनाथ रानाभाट,शेषनाथ अधिकारी,उपमेयर विमला दुवाडी,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा,सेवा प्रदायक संस्था रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी,नेकपाका बासु लामिछाने,नेपाली काँग्रेसका रुपनराज घिमिरे लगायतले मन्तव्य राखेका थिए । वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा स्तरीय वाल क्लवका अध्यक्ष सहज खनालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम वडा सचिव वासुदेब रिजालले सञ्चालन गरेका थिए । घोषणा सभा सुरु हुनुपूर्व जनजागृती माविबाट विशाल शोभायात्रा निकालिएको थियो ।


