चितवन ६ फागुन । कानुन न्याय तथा मानवअधिकार समितिमा सभापति कृष्णभक्त पोखरेलले चितवनको काविलास र जुटपानीको पृथ्वी माध्यमिक विद्यालयमा १० लाख बराबरको कम्प्यूटर सामग्री सहयोग गर्नु भएको छ ।
चितवनको निर्वाचन क्षेत्र नंं २ का सांसद समेत रहनु भएका पोखरेलले विद्यार्थीका लागि शैक्षिक सामग्री स्वरुप कम्युटर, पोजेक्टर लगायतको आवश्यक उपकरण सहयोग गर्नु भएको हो । विज्ञान विषय र अन्य विषय अध्ययन गर्ने विद्यार्थीलाई कम्प्युटरले धेरै सहयोग पुग्ने विद्यालयले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ मा रहेको कविलास माध्यमिक विद्यालयमा गरेको सहयोग सामग्रीले विद्यार्थीलाई धेरै सहयोग मिलेको सहायक प्रधानाध्यापक श्रीप्रसाद गुरुङले बताउनु भयो । सातसय विद्यार्थी अध्ययन गर्ने यहाँ थप कम्प्युटरको आवश्यकता रहेको उहाले बताउनु भयो । टाढाबाट अध्ययन गर्न आउने भएकाले यहाँ विद्यालयको लागि एउटा बस, अन्य भौतिक निर्माण, शिक्षक दरवन्दी, तालिम लगायतको आवश्यकता रहेको उहाले जानकारी दिनु भयो ।
गरिव विपन्न अध्ययन गर्ने यस विद्यायको शैक्षिक गुण्स्तार वृद्धिका लागि समय अनुसारका शैक्षिक सामग्री आवश्यक रहेको शिक्षक विनोदवावु रिजालले बताउनु भयो ।
त्यस्तै गरी कालिका नगरपालिकाको पृथ्वी माध्यमिकि विद्यालयमा पनि कम्प्युटर सामग्री सहयोग गर्नु भएको छ । विद्यालयका शिक्षक सुर्यभक्त अधिकारीका अनुसार प्रोजेक्टर, कम्प्युटर लगायतको सामग्री सहयोग भएको बताउनु भयो । विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीका लागि सामग्री अति आवश्यक भएको बताउनु भयो । थप कम्प्युटर आवश्यक परेको उहाँको भनाइ छ । समय अनुसार शैक्षिक सामग्रीको आवश्यकता पनि वृद्धि हुने भएकाले गुणस्तरीय शिक्षाका लागि अन्य सामग्रीको आवश्यक पर्ने भएकाले सांसद विकास कोष तथा अन्य स्रोतबाट विद्यालयमा सहयोग हुनु पर्ने बताउनु भयो ।


