चितवन ५ फागुन । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार परिवर्तनमा काँग्रेसको रुचि नभएको बताउनु भएको छ ।
प्रेस युनियन चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले सरकार परिवर्तनमा काँग्रेसले चासो नदिएको बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको चलखेल सुरु हुन लागेको भन्ने अभिव्यक्ति दिएपछि काँग्रेस उपसभापति निधिले आफ्नै पार्टी भित्र असन्तुष्टी वढेपछि प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको बताउनु भयो । हामीलाई पार्टी कसरी बलियो बनाउने भन्ने चिन्ता छ त्यसैले सरकार परिवर्तनमा हाम्रो ध्यान छैन ।
सरकारको कार्यशैली प्रती असन्तुष्टी जनाउदै उहाले जनभावना अनुसार सरकार चल्न नसकेको बताउनु भयो । सरकार पुरै असफल भएको भन्दै उहाले अहिलेको सरकारबाट राम्रो कामको आशा गर्न नसक्ने बताउनु भयो । पत्रकारले सोधेको जवाफमा उहाले एमसीसी सरकारले पारित गर्न ढिला गरेको बताउनु भयो । काँग्रेसको सरकारको पालामा ल्याएको सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुने बताउनु भयो । कार्यक्रम प्रेस युनियन चितवनका उपाध्यक्ष सुर्य अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।


