एजेन्सीसंग सौराहका होटलको ५० करोड रुपियाँ उधारो

"थोरैमा प्याकेज उठाउदा गुणस्तर खस्कदो, कार्बाही गर्ने निकाय छैन"

शालिग्राम नेपाल ।
चितवन २ फागुन । काठमाण्डौमा रहेर चितवनका लागि पर्यटक पठाउने ट्राभल एजेन्सीसंग ५० करोड रुपियाँ भन्दा धेरै रकम सौराहाका होटलहरुले लिनु पर्ने पाइएको छ ।
पर्यटनको क्षेत्रमा काम गर्दै आएका ट्राभल एजेन्सीहरुले चितवनको होटलमा पर्यटक पठाउने तर तोके अनुसारको रकम नदिने भएपछि ठुलो रुपियाँ लिनु पर्ने देखिएको हो । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराइले भन्नु भयो ‘काठमाण्डौंका विभिन्न एजेन्सीसंग सौराहाका होटलहरुले मात्रै ५० करोड रुपियाँ भन्दा धेरै लिनु पर्ने देखिन्छ ।’ भन्दा अप्ठ्यारो नभनौ समस्याले पीडित भएका छौ उहाले भन्नु भयो ‘एउटा होटलको मात्रै विभिन्न एजेन्सीसंग एक करोड रुपियाँ भन्दा धेरै लिनु पर्ने देखिन्छ ।’
एउटा ट्राभल एजेन्सीले यहाँका कुनै एउटा होटलमा पर्यटक पठाउँछ । ५० प्रतिशत रकम दिन्छ । बाँकी रकम माग्यो अर्को पर्यटकलाई फेरि पठाउँछ । पुरानो रकम बाँकी नै छ । फेरि ५० प्रतिशत रकम दिन्छ । पुरानो बाँकी छ । यसरी पुरानो रकम लिनु पर्ने धेरै भएपछि यहाँकै अर्को होटललाई पर्यटक पठाउछ । तर पुरानोमा पठाउदैन अध्यक्ष भट्टराइले भन्नु भयो ।
छिमेकी होटलले पर्यटक पाए भन्दै लिन्छ । अर्को होटललाई पैसा नतिरेको थाहा पाउँदापाउँदै लिने गर्दछन् । यस्तो समस्याले सौराहाका होटल सञ्चालकहरु धेरै समस्यामा परेको उहाले चिन्ता व्यक्त गर्नु भयो । ‘करोडौं लगानी गरेर पर्यटन क्षेत्रमा लागियो पैसा कमाउने भन्दा एजेन्सी मोटाउने काम भएको छ’ अध्यक्ष भट्टराईले भन्नु भयो ‘उधारो काम गर्दा गर्दै अहिले यहाँका होटल सञ्चालकहरु कसरी डुवेको रकम उठाउने भन्ने उपाय खोजीमा लागेका छौ ।’
क्षेत्रीय होटल होटल संघ सौराहाका निर्वतमान अध्यक्ष सुमन घिमिरेले भन्नु भयो होटलहरुले कमाएको भन्ने धेरै छन् तर कसरी समस्यामा चल्नु परेको छ भन्ने थोरैलाई जानकारी छ । एजेन्सीको गलत प्रवृतिका कारण यहाँका पर्यटन व्यवसायलाई तनाव भएको बताउनु भयो ।
सबै एजेन्सीमा त्यस्तो समस्या छैन घिमिरेले भन्नु भयो ‘धेरैजसोमा समस्या छ, एजेन्सीले पठाएको पर्यटक नराखौ खाली हुन्छ भन्ने डर, राखौ पैसा डुब्ने समस्या छ ।’ केही वर्षदेखि पर्यटक आगमन कम हुने, आएकाहरुसंग तोकेको रकम लिन नपाउने भएपछि होटल सञ्चालकहरुलाई ठुलो समस्या परेको उहाले बताउनु भयो ।
पार्क सफारी होटल सञ्चालक महेश खनालले भन्नु भयो ‘मेरो मात्रै एक करोड ५० लाख रुपियाँ उठ्न बाँकी छ, यो समस्याबाट भुक्तभोगी हु ।’ एजेन्सीको कारण होटल सञ्चालकलाई समस्या परेको छ, वदनाम नभएका एजेन्सीसंग मात्र काम गर्न थालेको छु उहाले भन्नु भयो । आज मसंग काम गर्छ मलाई दिनु पर्ने धेरै भएपछि अर्कोसंग कारोबार गर्छ उसको पछाडि लागेर हिड्नेकी आफ्नो व्यवसाय गर्ने हैरान भएका छौ ।
‘एउटा एजेन्सीले वर्षमा २५÷३० हजार चाइनिज पर्यटक पठाउछु रेट घटाउनु, ब्रेक फाष्टमा अण्डा र पाउरोटी राख्नु अरु सामान्य गर्नु भन्यो’ खनालले भन्नु भयो ‘गुणस्तरमा कम गरेर राख्नु भन्दा उबाट पर्यटक नल्याउने भने ।



कार्बाही गर्न सकिएन
नेपाल एसोसियसन ट्राभल्स एण्ड टुरका केन्द्रीय अध्यक्ष अच्युत गरागाइले भन्नु भयो केही एजेन्सीको कारण यो क्षेत्र बदनाम भएको छ । चितवनको सौराहा मात्र होइन त्यस्ता एजेन्सीले अन्य क्षेत्रका होटलहरुलाई पनि पैसा तिर्न बाँकी रहेको गुनासो आएको छ । यो समस्या धेरै छ, हामीले मात्र समाधान गर्न सक्दैनौ गुरागाईले भन्नु भयो ‘सस्थासंग आवद्ध नभएका एजेन्सीहरुले पनि यस्तो वदमासी गरेका छन् ।’ हाम्रा सदस्य सस्थाहरुलाई तिर्नको लागि अनुरोध गर्ने हो कार्बाही गर्न सक्दैनौ उहाले भन्नु भयो । होटल सञ्चालक आफैले एजेन्सी चिनेर कारोबार गर्नु पर्ने उहा बताउनु हुन्छ । होटलको सस्था हानमा उजुरी गरेर त्यही मार्फत एसोसियसनलाई जानकारी गराए समस्या समाधानको लागि पहल गर्ने छौ उहाले भन्नु भयो । उहाका अनुसार नेपालमा १९ सय वटा ट्राभल एजेन्सी कार्यरत छन् । ती मध्य ११ सय वटा मात्र सस्थासंग आवद्ध भएका छन् ।

गुणस्तर खस्कदै
थोरै रकममा धेरै सुविधा दिनको लागि एजेन्सीले पर्यटक बुक गर्दा होटलले दिने सेवाको गुणस्तर खस्कदै जान थालेको छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराइले भन्नु भयो ‘एउटा पर्यटकलाई दुइरात तीनदिन आठ हजारमा सबै प्याकेज दिनु पर्दा गुणस्तर खस्केको छ ।’
ब्रेक फास्ट, खाना, आवास, हात्ती सफारी, जिप सफारी, थारु नृत्य सबै गरेर आठ हजारमा नाफा हुदैन । नाफा नभएपछि दिने खानामा सामग्री घटाउदा गुणस्तरमा समस्या आउँछ उहाले भन्नु भयो । पर्यटक कम छन् एजेन्सीले दिएको रकममा पर्यटक राख्न बाध्य भएका छन् । होटल हाम्रो रेट एजेन्सीको छ कसरी सञ्चालन गर्ने ठुलो तनावमा छौ उहाले भन्नु भयो ।
अर्का होटल सञ्चालक दामोदर रेग्मीले भन्नु भयो ‘ट्राभल एजेन्सीबाट पर्यटक राख्नेले नाफा लिन सक्दैनन् डुब्छन् ।’ थोरैमा धेरै सुविधा दिने भनेपछि कसरी गुणस्तरीयता आउँछ अहिले देखिएको समस्या नै यही हो । एजेन्सीको कारण पर्यटन क्षेत्रमा समस्या आएको छ ।

एजेन्सीबाट पर्यटक नलिनेहरु
होटल सेभेन स्टारका सञ्चालक माधव दवाडीले भन्नु भयो एजेन्सीले पैसा नदिने समस्या ७५ प्रतिशत थियो, होटल संघले बदनाम एजेन्सीको काम लिने होटललाई पनि सचेत पार्ने काम भएको छ । तर व्यवहारमा त्यती देखिएको छैन । हामी नाम चलेका राम्रा एजेन्सी बाहेक काठमाण्डौंका एजेन्सीसंग पर्यटक लिदैनौ । मल्ल ट्राभल एजेन्सीले पैसा नदिएर धोका दिएपछि हामीले काम गर्न छाड्यौ उहाले भन्नु भयो । आफैले सम्पर्क गर्ने, अनलाइन बुक गर्ने, विदेशी एजेन्सीबाट लिने गरेका छौ ।
पार्क सफारीका सञ्चालक महेश खानालले भन्नु भयो अनलाइन बुक र राम्रा नाम चलेका विश्वासिला बाहेक अहिले एजेन्सीबाट पर्यटन लिन छाडिएको छ । आफूले खर्च गरेर पर्यटकलाई सेवा ग¥यो पैसा एजेन्सीले खाने भएपछि किन उनीहरु मोटाउने काम गर्ने उहाले भन्नु भयो । हामीलाई दिने पैसा बाँकी राख्ने र उनीहरुले अरु व्यापारमा लगानी गर्ने गरेको पाएका छौ त्यसैले एजेन्सी मार्फत कम विजनेस लिन थालेका छौ ।

शेयर गरौ

ताजा अपडेट