चितवन १ फागुन १ गते । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको बाचा पूरा नगरी सत्ताको मस्तीमा बसे कम्युनिष्ट सकिन समय नलाग्ने बताउनु भएको छ ।
नेकपा चितवनले भरतपुरमा विहीबार राखेको जनआन्दोलन तथा जनयुद्ध श्रद्धाञ्जलि कार्यक्रमलाई सम्वोधन गर्दै उहाले विश्वमा त्यस्ता उदाहरण छन् जसलाई कुनै शक्तिले कमजोर बनाए आफ्नै कारणले सकिएका छन् । कम्युनिष्टहरु कमजोर भए आफ्नै कारणले हुने अरु कसैले कमजोर बनाउन नसक्ने उहाको भनाइ थियो ।
उहाले भन्नु भयो ‘हामी आन्दोलन गर्दा, युद्ध गर्दा जस्तो सुकै दुःख परेपनि त्यसलाई समाधान गर्न सक्ने, जनताले जे दिएको त्यो खाने गरेर यहाँ आयौ ।’ तर सरकारमा गएपछि विगतका घटना विर्सेर हिड्ने जुन रोग लागेको छ त्यो हाम्रा लागि खतरनाक विषय हुन उहाले भन्नु भयो ।
विश्वका कम्युनिष्टहरु यही कुरामा कमजोर भएका छन् । अध्यक्ष प्रचण्डले भन्नु भयो ‘हाम्रो काल अरु होइन हामी आफै हौ ।’ सत्तामा पुगेपछि हामीले जनतासंग भएका बाचाहरु विर्सने जुन रोग लागेको छ त्यो विषयमा समिक्षा गरेका छैनौ उहाले भन्नु भयो समिक्षा नगर्ने बानी नसुधार्ने हो भने हाम्रा लागि राम्रो हुदैन ।
कम्युनिष्ट सकिनको लागि अरु कुनै तत्वले आक्रमण गर्नु पर्दैन आफैमा आएको बिचलन, विकृति विसंगतीले समाप्त हुन्छौ उहाले भन्नु भयो । यसको उदाहरणको लागि शोभियत संघलाई लिन सक्छौ अध्यक्ष प्रचण्डले भन्नु भयो ‘तीन जना नेताहरु रातभरी जाँड खाएर विहान शोभियत संघ विघटन गर्ने निर्णय गरे ।’ त्यहाँ कुनै शक्तिले आक्रमण गरेको होइन आफै ढलेका थिए । त्यसैले हामी सबैले आत्म समिक्षा गरेर जनताको भावनालाई ठेस नगरी काम गर्नको लागि निर्देशन दिनु भयो ।
दुइ पार्टी एकता सानो मेहनतले मात्र आएको नभइ लामो संघर्ष छलफल र मेहनतले अहिलेको अवस्थामा आएको जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘जनयुद्धको समयदेखिनै नेकपा एमालेसंग पार्टी एकता गर्ने भनेर धेरै पटक छलफल र परामर्श गरेका हौ । नेतृत्वको सही निर्णय र समयमा हामीले दुइ कम्युनिष्टलाई एक गरेर यहाँको अवस्था सम्म आएका छौ । नेपालको परिवर्तन कुनै देशको जस्तो छैन यहो नेपालकै जस्तो छ ।’
हामी १० वर्षसम्म युद्ध गर्दा भोलिको समय नहेरी अब आन्दोलन गरिहालियो जे पर्छ युद्ध छाडिदैनौ भनेको भए अहिले हाम्रो हालत श्रीलंकाको तालिम जस्तो हुने थियो । समयले माग ग¥यो, एमालेसंगको छलफल परामर्श जारी थियो अव युद्धलाई शान्ति पूर्ण वार्ताबाट शान्तिमा परिवर्तन गर्नु पर्छ भनेर आएका हौ अध्यक्ष प्रचण्डले भन्नु भयो । देशको अवस्थालाई हेरेर गरिने सहि निर्णयले सफल भइन्छ उहाले भन्नु भयो ।
कार्यक्रममा नेकपा चितवनका सचिव तथा कानुन न्याय मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेललले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष यमबहादुर परियारको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम तेजेन्द्रवहादुर खड्काले सञ्चालन गर्नु भएको थियो ।


