चितवन,२९ माघ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्यालय चितवनलाई जिल्लाका व्यवसायीले आवश्यक सामग्री सहयोग गरेका छन्।
ट्राफिक कार्यालय चितवन र दुर्घटना न्यूनीकरण महाअभियान कार्यसमिति चितवनले गरेको कार्यक्रममा सो सहयोग सामग्रीहरु हस्तान्तरण गरिएको हो । सामग्रीहरुमा गोप्रो क्यामरा, मोटरसाइकल ल्यापटपलगायत छन् । नारायणी मोटर्सका प्रवन्ध निर्देशक बालगोपाल चुकेद्वारा १२५ सीसीको दुई थान बजाज मोटरसाइकल चितवन अटोमोबाइल डिलर्स एसोसियसनका अध्यक्ष ईश्वर श्रेष्ठले एक थान ल्यापटप र पोजेक्टर प्रहरीलाई हस्तान्तरण गरेका थिए । त्यस्तै चितवन निर्माण सेवा संघका अध्यक्ष कुल ब.राई र निर्माण व्यवसायी जिल्ला समन्वय समिति चितवनका अध्यक्ष विष्णु महर्जन ले संयुक्तरुपमा दुई थान गोप्रो क्यामरा सहयोग गरेका छन् ।


