पर्यटकको मृत्युपछि पानोरमा रिसोर्ट तीन महिनाको लागि बन्द

काठमाडौं २८ माघ  । मकवानपुरको थाहा नगरपालिका-४ सिमभन्ज्याङमा रहेको एभरेष्ट पानोरमा रिसोर्टलाई संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बन्द गरेको छ ।

यही माघ ६ गते बास बसेका आठ जना भारतीय पर्यटकको कोठामा नै बेहोस मृत्युु  भएपछि छानबिन पश्चात रिसोर्टलाई मन्त्रालयले तीन महिनाका लागि बन्द गर्ने निर्णय गरेको हो ।

पर्यटन ऐन, २०३५ को दफा (१०) अनुसार तोकिएको स्तर वर्गीकरण नगराएको र रिसोर्ट सञ्चालनका क्रममा प्रर्याप्त सुरक्षात्मक तथा व्यवस्थापकीय कमजोरीसमेत देखिएकोले  सचिवस्तरीय निर्णय गरी ३ महिनाका लागि निलम्बन गरिएको पर्यटक विभागले जनाएको छ ।

निलम्बनमा परेसँगै पानोरमाले ३ महिनासम्म होटल, रिसोर्ट तथा बार सञ्चालन गर्न पाउने छैन ।

साथै निलम्बन अवधि पश्चात होटलको वर्गीकरण तथा मापदण्ड र प्रचलित वातावरण संरक्षण ऐन तथा नियमावली बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण/वातावरण प्रभाव मूल्यांकन सम्पन्न गराइ अनुमति लिएर मात्रै संचालन गर्न विभागले निर्देशन दिएको छ ।

शेयर गरौ

ताजा अपडेट