त्रिभुवन विमानस्थलको एक पसलमा आगलागी

काठमाडौं २७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक पसलमा आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको कफी सपमा आगलागी भएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले आगलागी भएको पुष्टि गरे ।

‘अहिले नगर प्रहरीको दमकल पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ’,  भने ।

प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने देखिएको बताइएको छ ।

शेयर गरौ

ताजा अपडेट