चितवन समाचार डटकम,
२१ माघ । चितवनमा राष्ट्रिय स्तरको दोस्रो भरतपुर गोल्डकप हुने भएको छ । एजे इन्टरनेशनल तथा चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुरको क्याम्पाचौरमा आगामी फागुन २४ गतेदेखि चैत्र ३ गतेसम्म फुटबल हुन लागेको हो ।
कार्यक्रमको जानकारी दिन मंगलबार भरतपुरमा पत्रकार सम्मलेन आयेजान गरी भरतपुर गोल्डकपका संयोजक आलोकप्रताप राणाले ठुलो धनराशी खर्च गरेर कार्यक्रम सम्पन्न गर्न लागेको जानकारी दिनु भयो । मोफसलमा ठुलो रकमको पुरस्कार दिने गरी कार्यक्रम आयोजना गरेका छौ उहाले भन्नु भयो फुटबलमा पहिलो हुने टिमलाई नगन १० लाख रुपियाँ दिने छौ । त्यस्तै गरी दोस्रो हुनेले पाँच लाख नगर पाउने छन् । नगद सहित ट्रफी, मेडल प्रमाणपत्र दिने उहाले जानकारी दिनु भयो ।
फुटबल प्रेमी महानुभावहरु र खेलाडीको मागलाई मध्यनजर गरी दोस्रो अन्तराष्ट्रिय फुटबल प्रतियोगिता हुन गइरहेको उहाले बताउनु भयो । फुटबलको तयारी तिब्र रुपमा भइरहेको र १५० मिटरको प्याराफिट तीन हजार दर्शकले अवलोकन गर्न मिल्ने तथा २०० जना दर्शकको लागि भीआईपी प्याराफिट निर्माण गरिने जानकारी दिनु भयो ।
प्रतियोगितामा छ वटा ए डिभिजन क्लब र ४ वटा जिल्ला क्लबहरुसहित १० वटा क्लबको सहभागिता रहने छ । उक्त प्रतियोगितामा हरेक दिन म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार, ट्रफी, मेडल प्रदान गरिने छ । यसैगरी खेल सम्पन्न भएपनि हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई २० हजार, सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसहित ट्रफी, मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
गत वर्षबाट सुरु भएको यो खेलको लागि यस वर्ष ६० लाख रुपियाँ भन्दा धेरै खर्च लाग्ने आयोजकले जानकारी दिएको छ ।


