सीपीएल : भरतपुरको गुर्खाजसंग सौराहा पराजित

चितवन २० माघ । नारायणगढको क्याम्पा चौरमा जारी प्रथम संस्करणको सिएमसी चितवन प्रिमियर लिगमा राइट एण्ड एसोसिएट भरतपुर गुर्खाजले फराकिलो जीत हात पारेको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न दोस्रो खेलमा भरतपुरले माडीलाई ११४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । भरतपुरले दिएको १६३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको माडी १४ ओभर २ बलमा मात्र ४८ रनमा अल आउट भयो ।
६ रनमा पहिलो र ६ रनमै दोस्रो विकेट गुमाएर खराब सुरुवात गरेको माडीको इनिङ कुनै पनि ब्याट्सम्यानले उकास्न सकेनन् । माडीका ५ जना ब्याट्सम्यान खाता नै नखोली पेभिलियन फर्किए । राम कृष्ण कार्कीले ११ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन समेत बनाउन सकेनन् ।
माडीको इनिङ ध्वस्त बनाउन भरतपुरका कृजन गुरुङ एक्लैले ५ विकेट लिए । कसिलो बलिङ गरेका कृजनले ४ ओभरमा जम्मा ११ रन मात्र दिए । यस्तै चन्दन ठाकुरले २ तथा कप्तान संघर्ष पौडेल र प्रतिश जिसीले समान १÷१ विकेट लिए ।

शेयर गरौ

ताजा अपडेट