चितवन १९ माघ । सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) टि २० क्रिकेट प्रतियोगितामा राप्ती ¥यापिडस र इच्छाकामना वारीयर्स विजयी भएका छन् ।
प्रतियोगिता अन्तर्गत आइतबार नारायणगढको क्याम्पाचौरमा सम्पन्न पहिलो खेलमा इच्छाकामना वारीयर्सले माडी टाइगर्सलाई ४ विकेटले पराजित ग¥यो । माडीले दिएको १ सय रनको लक्ष्य इच्छाकामनाले ६ विकेट गुमाएर पुरा ग¥यो । इच्छाकामनाको जीतमा खिम मल्लले ३८ बलमा २४ रन बनाए । यस्तै अमर सिंह रौटेलाल २० बलमा २३ तथा लोकेश बमले १२ बलमा २० रन बनाए ।
त्यस टस हारेर पहिहो ब्याटिङको निम्तो पाएको माडीले २० ओभरमा ७ विकेट गुमाउँदै ९९ रन मात्रै बनाएको थियो । माडीका लागि सुरज चापागाँईले ६० बलमा ४३ रन, कृष्ण कार्कीले १५ बलमा १४ रन बनाए । खेलको म्यान अफ दि म्याच इच्छाकामनाका कप्तान दिपेश श्रेष्ठ घोषित भए ।
यस्तै आजको दोस्रो खेलमा राप्ती ¥यापिडसले भरतपुर गुर्खाजलाई ५६ रनले पराजित ग¥यो । राप्तीले दिएको १७३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको भरतपुरले २० ओभरमा ९ विकेट गुमाउँदै ११६ रन मात्रै बनायो । भरतपुरका लागि प्रतिक जिसीले ३९ रन, सनद बुढाथोकिले २१ रन लिए । राप्तीका लागि कप्तान आकाश थापाले ३ विकेट र रोमन गिरीले २ विकेट लिए ।
त्यस अघी टस जितेर पहिले व्याटिङ गरेको राप्तीले २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । राप्तीका लागि भिम सार्कीले २६ बलमा ४९ रन, हरिबहादुर चौहानले ३५ बलमा ४३ रन बनाए । भरतपुरका लागि संघर्ष पौडेलले ३ र प्रतिस जिसिले २ विकेट लिए ।
खेलको म्यान अफ दि म्याच राप्तीका आकाश थापा भए । भरतपुरले यस अघी पहिलो खेलमा इच्छाकामना वारीयर्सलाई पराजित गरेको थियो भने राप्तीको यो पहिलो खेल हो ।
प्रतियोगिता अन्तर्गत सोमबार पनि दुई खेल हुने आयोजक नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक राजु चौधरीले जानकारी दिए । सोमबारको पहिलो खेलमा बिहान ९ बजे सौराह स्याण्ड्स र राप्ती ¥यापिड्स तथा दिउँसो १ बजे भरतपुर गुर्खाज र माडी टाइगर्स भिड्नेछन् ।
२५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स , राप्ती ¥यापिडस,माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ ।
यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफदि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग ९इपीएल०को टिम चितवन टाइगर्सबाट खेल्न पाउनेछ ।
प्रतियोगिताकोे टाइटल स्पोन्सरमा चितवन मेडिकल कलेज रहेको छ भने स्पोन्सरको रुपमा टेस्ला एयर कण्डिसन, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा।लि।चितवन रहेको छ । त्यस्तै प्रतियोगिताको को–स्पोन्सरको रुपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर रहेको छ ।


