बलात्कार आरोपित एसएसपी राणाले गरे आत्मसमर्पण

काठमाडौँ, १९ माघ । बलात्कार आरोप लागेका एसएसपी शौरभ राणाले आत्मसमर्पण गरेका छन् ।
सङ्घीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणाले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैँ पुगेर आत्मसमर्पण गरेको हो । राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्ती करणीको कसुरमा किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गर्ने तयारी थालेको थियो ।
इटहरीको एक होटेलमा आफूमाथि एसएसपी राणाले जबरजस्ती करणी गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।
ती महिलाले कात्तिकमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा उजुरी दिएकी दिएकी हुन् ।
उनको धरानकै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो । राणालाई बिहीबार निलम्बन गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले राणाले निलम्बन गरेरगृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको बताए । ती महिलाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पीडित बनेको दाबी गरेकी थिइन् । एसएसपी राणाले भने आरोप अस्वीकार गर्दे आएका छन् ।

शेयर गरौ

ताजा अपडेट