चितवन १८ माघ । भरतपुर महानगरपालिका वडा नं. ८ शरदपुर माविको अध्यक्षमा धर्मबहादुर कार्की सर्वसम्मत चयन हुनुु भएको छ ।
आज सम्पन्न अभिभावक भेलाबाट कार्की अध्यक्षमा चयन हुनु भएको हो । भरतपुर ८ गैरिगन्ज निवासी कार्की लामो समयदेखि शिक्षा र सामाजिक क्षेत्रमा काम गर्दै आउनु भएको छ ।
कार्कीले यसअघि २०६८ सालमा श्री मावि गौरिगन्जको अध्यक्ष बनेर काम गर्नु भएको थियो । यस्तै २०७१ सालमा शरदपुर माविको सर्वसम्मत अध्यक्ष बनेर काम गरेको अनुभव छ । २०६८ सालमा श्रीमावी व्यवस्थापन समितिको अध्यक्षमा कुशलतापूर्वक काम गरेको भन्दै तत्कालिन जिल्ला शिक्षा कार्यालयले सम्मान गरेको थियो । उहाँ सामाजिक सेवासंगै राजनीतिक क्षेत्रमा पनि क्रियाशिल हुनु भएको छ ।


