कोराना भाइरस : चिनिया पर्यटक चितवनमा ठप्प

चितवन समाचार डटकम,
१८ माघ । चीनमा देखिएको कोरोना भाइसको प्रभाव चितवनको पर्यटन क्षेत्रमा प्रत्यक्ष परेको छ ।
भाइरसको प्रभावले गर्दा चितवनमा आउने चिनिया पर्यटक बन्द भएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनु भयो । ‘जनवरीदेखि अप्रिलसम्म धेरै चिनियाँ पर्यटक चितवनमा घुम्न आउने गरेका थिए, भाइरसले गर्दा अहिले बन्द भएको छ’ उहाले भन्नु भयो ‘भाइरसको प्रभावले चीनका मात्र होइन अन्य देशका नागरिकपनि आउन पातलो भएको छ ।’
भन्नलाई गाहे भएपनि नयाँ वर्षदेखि नै सौराहा क्षेत्र सुनसान भएको पर्यटन व्यवसायीको भनाइ छ । चीनमा भाइरस देखिनु, अन्य देशका नागरिकपनि सुरक्षाको कारण घुम्न आउन छाड्नु, भएका बुकिङ रद्ध गर्नुले गर्दा अहिले सौराहा आन्तरिक पर्यटक बाहेक अरु देख्न पाइँदैन भट्टराइले भन्नु भयो ।
दैनिक पाँचसयदेखि सातसयको हाराहारीमा चिनियाँ पर्यटक आउने गरेका थिए अध्यक्ष भट्टराईले भन्नु भयो ‘अहिले एकजनापनि आएका छैनन् । उहाँहरु मात्र होइन भारतीय, अन्य मुलुकका पर्यटकपनि न्यून सख्यामा आएका छन् यस्तो अवस्थामा पर्यटन व्यवसाय कसरी चलाउने भन्ने चिन्ता लागेको छ । ’
सौराहाका पर्यटन व्यवसायी माधव दुवाडीले भन्नु भयो ‘भाइरसको हल्लाले चिनको मात्र होइन अन्य देशलाई समेत प्रभाव बनायो । अन्य मुलुकको पर्यटकले अहिले घुम्ने समय छैन महामारी सकिएपछि आउला यस्तो प्रतिक्रिया दिन्छन् ।’ तत्काललाई केही समुहको बुक गरेका छन् पछि कसरी भर्ने भन्ने चिन्ता लागेको छ दवाडीले भन्नु भयो ।
क्षेत्रीय होटल संघ पश्चित चितवनका अध्यक्ष गणेश पौडेलले भन्नु भयो ‘चिनियाँका लागि उपयुक्त समय अहिले हो उनीहरु नआएपछि होटलहरु सुनसान छन् ।’ चिनमा देखिएको रोगको प्रभाव यहाँको पर्यटन क्षेत्रमा परेको छ । अन्य मुलुकका पर्यटकहरुले पनि अहिले बुक रद्ध गरेका छन् रोगको माहामारी रोकथाम नभए पर्यटन क्षेत्रनै धरासायी हुन्छ पौडेलले भन्नु भयो । पश्चिम चितनवमा साना ठुला गरेर तीन दर्जन होटलहरु पर्यटनलाई केन्द्रीत गरी सञ्चालनमा रहेको छ ।
पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीका अनुसार सन् २०१७ मा चितवन आउने कुल पर्यटक मध्य चीनको ३० प्रतिशत रहेको थियो । सन् २०१८ मा चिनियाँ २३ प्रशितमा झरेको थियो । सन् २०१९ मा ३० प्रतिशत भन्दा धेरै आएको हामीले पाएका छौ । भ्रमण वर्ष सुरु भएपछि चिनियाँ पर्यटक वृद्धि हुने अनुमान लगाएका थियो तर कोरोना भाइसले गर्दा बन्द भएपछि यहाँको पर्यटन क्षेत्रमा नराम्रो प्रभाव पारेको छ उहाले भन्नु भयो । हाम्रो पहुच भन्दा बाहिरको विषय भएकाले हामीले सचेनताका कार्यक्रम भन्दा अरु गर्न सक्दैनौ सुवेदीले भन्नु भयो ।

शेयर गरौ

ताजा अपडेट