सीपीएल टि २० क्रिकेट प्रतियोगिता आजबाट सुरु

चितवन १७ माघ । पहिलो संस्करणको सीएमसी चितवन प्रिमियर लिग (सीपीएल) टि २० क्रिकेट प्रतियोगिताको आजबाट सुरु भएको छ ।
नारायणगढको क्याम्पा चौरमा भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गनु भएको छ । २५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स , राप्ती ¥यापिडस,माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार राइट एण्ड एसोसिएट भरतपुर गुर्खाजबिरुद्द इच्छाकामना वारीयर्स मैदान उत्रदैछ । यो खेल मध्यान्ह १२ बजे हुने आयोजक नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रा.लि. का प्रवन्ध निर्देशक राजु चौधरीले जानकारी दिए ।
प्रतियोगितामा सहभागी टिमले दुई जना राष्ट्रिय खेलाडी अन्डर १९० अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ ।
यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट