४८ वर्षिय युवा विद्यार्थी नेता : नेविसंघको अध्यक्षमा ढुङ्गाना

काठमाडौं, १६ माघ । नेपाली कांग्रेसको ‘नर्सरी’ का रुपमा मानिएको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले एक वर्षपछि नयाँ नेतृत्व पाएको छ ।
नेपाली कांग्रेसले राजीव ढुङ्गानाको नेतृत्वमा नेपाल विद्यार्थी संघ गठन गरेको छ । संघको महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । नैनसिंह महर नेतृत्वको नेविसंघ विघटन गरेपछि गत वर्ष माघदेखि नेविसंघ नेतृत्वविहीन थियो ।
गत वर्ष फागुन १ गते कांग्रेस केन्द्रीय समिति बैठकले नेविसंघलाई नेतृत्व दिन सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको थियो। जिम्मेवारी पाएको एघार महिनापछि देउवाले बिहीबार नेविसंघ सभापतिसहित महामन्त्रीहरू मनोनित गरेका हुन्। कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१०) (च) बमोजिम नेविसंघमा नेतृत्व दिइएको कांग्रेसले जनाएको छ।
निवर्तमान अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि लामो समय नेविसंघ नेतृत्वविहीन भएको थियो । नेविसंघमा लामो समयदेखि ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भनेर विवाद थियो ।
२०७५ असोज २१ गते बसेको काँग्रेस केन्द्रीय समिति बैठकले बहुमतका आधारमा ३२ वर्षे उमेरहदसहित नेविसंघको विधान पारित गरेको थियो ।
विधान पारित भइसकेर पनि तदर्थ समिति बनाउँदा ३२ माथिबाटै आउनुपर्ने केही नेताको अडान कायमै थियो । केही नेताहरुले भने ३२ वर्ष मुनिबाट तदर्थ समिति आउनुपर्ने अडान राखेतापनि पनि त्यसलाई लत्याउँदैं नेविसंघको तदर्थ समिति अध्यक्षमा ४० दशकमा हिडिरहेका ढुंगाना चयन भएका छन् ।
३२ वर्ष मुनिको समिति आउनुपर्ने माग गर्दै नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा विद्यार्थी नेता नवराज त्रिपाठी आमरण अनशनमा बसिरहेका छन् । तर, सभापति शेरबहादुर देउवाले अनसनको बेस्ता गर्दै विधान मिचेरै आफू निकट ४८ वर्षिय ढुंगानालाई सभापति बनाएका हुन् ।

शेयर गरौ

ताजा अपडेट