सौराहा १५ माघ । प्रेम दिवस को अबसर पारेर सौराहामा माघ २८ गतेदेखी फूड फेष्टिबल आयोजना हुने भएको छ ।
रेष्टुरेण्ट एण्ड वार एसोसिएसन नेपाल रेवान सौराहाले सौराहाको सिसुवार मैदानमा आयोजन गर्न लागेको आज पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएको छ । १४ औं संस्करणको रुपमा आयोजना हुुुन लागेको हो ।
हरेक वर्ष आयोजना हुने फूड फेष्टिबललाई यस वर्ष भ्रमण वर्षसंग केन्द्रीत गरेर तयारी गरिएको रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले बताउनु भयो । महोत्सवमा स्थानिय तथा विदेशी खानाको परिकार रहने छ । त्यस्तै स्थानिय कला , संस्कृति , भेषभुषाको जर्नेनाका लागी महोत्सव केन्द्रीत रहेको बताइएको छ । मेला अवधीभर सौराहाको ड्यामदेखी महोत्सव स्थलमा विविध झाकी प्रस्तुत गरिने अध्यक्ष खतिवडाले बताए ।
महहोत्सवमा विविध खेलकुद कार्यक्रम , प्रेम पत्र लेखन प्रतियोगिता , सडक नाटक आयोजना गरिने आयोजकले जानकारी गराएको छ । हरेक दिन राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकालको प्रस्तुती रहने नविन नेपालले बताए । सांगितीक कार्यक्रम विशेष आकर्षणको रहेको उनले बताए । रेवान महिना समूह र क्षेत्रिय होटल संघ नेपाल चितवन सहआयोजक रहेका छन ।
आन्तरीक तथा बाह्य पर्यटकको आकर्षण बढाउन फूड फेष्टिबलको तयारी तिब्र पारिएको छ । महोत्सव अवधिभर रेवानले सौराहामा छुटको ब्यवस्था गरेको छ । रेवानमा आवद्ध रेष्टुरेण्टमा १५ प्रतिशत , होटलमा ३० प्रतिशत र साना पर्यटन ब्यवसायमा १५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ । महोत्सवको सुरक्षाको लागी पर्यटक कम हुने सिजनमा सौराहामा पर्यटकिय गतिविधि संचालन गरिन्छ । आन्तरीक पर्यटक बढाउन फूड फेष्टिबल , हात्त्ति महोत्सव हुने गरेको छ । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले पर्यटकीय प्रवद्र्धनमा टेवा पुग्ने विश्वास ब्यक्त गरे ।


