क्यान्सर अस्पतालको अध्यक्षमा डा निर्मल लामिछाने नियुक्त 

काठमाडौं १४ माघ ।  सरकारले चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा निर्मल लामिछानेलाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा लामिछानेलाई अध्यक्षमा नियुक्त गरेको हो। अध्यक्ष नियुक्त भएका डा लामिछानेले पत्र समेत बुझिसकेको छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन २०५३ अनुसार अध्यक्षका लागि डा लमिछानेको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।

डा लामिछाने लामो समयदेखि अस्पतालमा सर्जनका रुपमा कार्यरत छन्।

शेयर गरौ

ताजा अपडेट