भ्रमण वर्षको निम्ता मान्दै राजदुतहरु जंगलसफारीमा

चितवन समाचार डटकम,
१३ माघ । वाग्मती प्रदेश सरकारले नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्नका लागि राजदुतहरुलाई चितवन निकुञ्जको भ्रमण गराइ निम्ता दिएको छ ।
नेपालका लागि मलेसियाका राजदुत मोहम्मद हसन, श्रीलंकाका राजदुत हिमाली अरुणातिलकालाई तेस्रो गन्तव्य चितवनको पर्यटकीय स्थल भ्रमण गराएको हो । नेपालमा रहेका विभिन्न १३ देशका राजदुतलाई चितवनको जंगलसफारी गराइ यहाँको पर्यटनको विषयमा जानकारी गराउने भनिएपनि सोमबार दुइ देशका राजदुतलाई मात्र भ्रमण गराउन सफल भएको छ ।


नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज बैद्यले भन्नु भयो ‘ १३ देशका राजदुतलाई ल्याउने तयारी थियो कार्य व्यवस्तताको कारणले दुइवटा देशकालाई मात्र अहिले ल्याएका छौ ।’ राजनीतिक तहबाटनै देशका प्रतिनिधिलाई नेपालको पर्यटकीय क्षेत्रको जानकारी दिन सकिएमा भ्रमण वर्ष सफल हुन मद्यत गर्दछ उहाले भन्नु भयो । यसरी राजदुतहरुलाई यहाँको जानकारी गराएमा नेपाल सुरक्षित छ भ्रमण गर्न जानु पर्दछ भन्ने सन्देश ती देशहरुमा जान्छन् संयोजक वैद्यले भन्नु भयो ।
सोमबार चितवन आउनु भएका राजदुतहरुलाई चितवन राष्ट्रिय निकुञ्जको नौ किलोमिटर भित्र डुमरीया पोष्ट, राप्ती नदीको किनार अवलोकन गराइएको थियो । उहाँहरुको लागि रत्ननगर नगरपालिका र क्षेत्रीय होटल संघ सौराहाले बाघमारा मध्यवर्ती वनको मैदानमा हात्तीको फुटवल, थारुको सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
यहाँको कला सस्कृति, पर्यटकीय क्षेत्रको अवलोकनले नेपालको प्रचार अन्तरराष्ट्रियसम्म पुग्ने भ्रमण वर्ष २०२० वाग्मती प्रदेशका संयोजक अनिल लामाले जानकारी दिनु भयो । उहाका अनुसार सोमबार चितवनको निकुञ्जको जनावर अवलोकन गराउने, साँझ थारु सस्कृतिको झाम्टा देखाउने, मंगलबार मकबानपुरको विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गराउने कार्यक्रम रहेको छ ।
अवलोकन पश्चात नेपालका लागि मलेसियाका राजदुत मोहम्मद हसनले चितवनको हात्ती गैडा यहाँको जनावरले आफूलाई ज्यादै खुसी बनाएको बताउनु भयो । उहाले भन्नु भयो नेपालीहरु मलेसिया र मलेसियाका नेपाल घुम्नको लागि आउन सक्ने वातावरण छ । हामी ज्यादै खुसी छौ नेपालीको आतिथ्यता धेरै मन परेको छ उहाले भन्नु भयो हामी खुसी छौ नेपाल भ्रमण वर्ष सफल वनोस ।


राजदुतहरुलाई भ्रमणको लागि स्थानीय तहबाट संयोजन गर्नु भएका रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले भ्रमण वर्षको निम्ता दिन हामीले कार्यक्रमको आयोजना गरेका छौ । नेपाली विदेशी सबैलाई चितवनको पर्यटकीय क्षेत्रमा आउन अनुरोध गर्दछु । चितवनको जंगल सफारी नगर्नेहरुले नेपालको वास्तविक आनन्द छुटाउनु हुने छ वनले भन्नु भयो यहाँको आतिथ्यता र यहाँको पर्यटकीय क्षेत्र संसारमा अन्त छैन । राजदुतलाई स्वागत गर्नको लागि सौराहामा स्थानीय, पर्यटन व्यवसायीहरुको भिड लागेको थियो ।

शेयर गरौ

ताजा अपडेट