भरतपुर, १२ माघ :
गण्डकी विकाश बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नवलपरासी जिल्लाको कावासोती न.पा. वडा नं १३ बुढौलीकुनामा स्थित श्री कालीका प्राथमिक बिद्यालयमा अध्ययनरत करिब १२५ जना छात्र छात्राहरुलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा एक समारोहका विच वितरण गरेको छ ।
कार्यक्रमबाट विद्यालयमा अध्ययनरत करिब १२५ जना निम्न बर्गका छात्र छात्रा प्रत्यक्षरुपमा लाभन्वित भएका थिए ।
उक्त कार्यक्रमको प्रमुख अतिथि कावासोती न.पा वडा नं १३ का वडा अध्यक्ष बिनोद राना मगर रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता बैकका संचालक श्री पद्य प्रसाद पौडेलले गर्नूभएको थियो । प्रमुख अतिथि वडा अध्यक्ष बिनोद राना मगर तथा बैंकका सञ्चालक श्री पद्य प्रसाद पौडेलले संयुक्त रुपमा उक्त विद्यालयका छात्र छात्राहरुलाई स्वीटर, झोला एवं स्टेसनरी सामाग्रीहरु वितरण गर्नूभएको थियो ।
सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि राना मगरले बैंकले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामि दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउँनुभयो । बैकका सञ्चालक श्री पद्य प्रसाद पौडेलले बैंकले सामाजका विभिन्न क्षेत्रमा पु¥याएको योगदानका बारे प्रकाश पार्दै भावी योजनाको बारेमा समेत उल्लेख गर्नु भएको थियो ।
कार्यक्रमको संचालन बैंकका कावासोती शाखाका शाखा प्रबन्धक श्री प्रकाश देवकोटाले गर्नूभएको थियो ।
बैकको कावासोती शाखा कार्यालय संचालनको दशौ बर्ष पूरा भई एघारौ बर्ष प्रबेश गरेको सु–अवसरमा कार्यक्रम आयोजना गरीएको थियो । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका पदाधिकारीहरु, विद्यालयका शिक्षक शिक्षीका, विद्यार्थी, अभिभावक एवं स्थानियहरुको उपस्थिती रहेको रहेको थियो ।



