छ मुलुकका राजदुतहरु चितवन निकुञ्ज घुम्दै

चितवन १३ माघ । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर विभिन्न छ मुलुकका राजदुतहरुले चितवनको पर्यटकीय क्षेत्रहरुको आज  अबलोकन गर्दै छ्न ।

पर्यटन वर्षको प्रबर्द्धनका लागि उनिहरुलाई चितवन रास्ट्रीय निकुञ्ज र यहाको पर्यट्कीय क्षेत्र घुमाउन लागिएको हो । श्रीलंका , मलेसिया , भारत , रसीया , बेलायत , अष्ट्रेलियाका राजदुतहरुलाई निकुञ्ज भित्र घुमाउने कार्यक्रम रहेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिनु भयो  । उनीहरुको माध्यमबाट पर्यटन  प्रवद्र्धन हुने विश्वास गरिएको छ । उनीलाई पर्यटकिय गन्तब्यको वारे जाकारी गराएर भ्रमणका लागी निम्तो गरिने रत्ननगर नगरपालिकाका प्रमुख  वनले बताउनु भयो । टोलिमा युरोपियन युनियनका एम्बास्डर र बिश्व बैंक एसिया प्रमुख आउने छन ।

उनिहरुले सौराहामा हात्तिको गतिबिधी देखाउने कार्यक्रम छ । त्यसक्रममा उनिहरुलाई सास्कृतिक कार्यक्रम प्रस्तुत गरिने जनाइएको छ । बाग्मती प्रदेश सरकार र भ्रमण बर्ष प्रदेश स्तरीय प्रबर्द्धन समितिले कार्यक्रम तय गरेको हो । रत्ननगर नगरपालिका , सौराहाका पर्यटन ब्यवसायीले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

टोलीका सदस्य भ्रमण वर्षका संयोजक सुरज बैध आइसक्नु भएको छ ।

शेयर गरौ

ताजा अपडेट