भरतपुर, १२ माघ :
भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेका दुई सहकारीहरु समझदारी साकोस र भोजाड सोकोस बिच ऐकिकरण भई बनेको समझदारी भोजाड बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोली सोमबार देखि एकिकृत रुपमा कारोबार गर्ने भएको छ ।
सोही अवसरको पुर्ब सन्ध्यामा आज संस्थाको कार्यालय परिसरमा दिप प्रज्वलन गरिएको छ । एकिकृत स्वरुपको यस सहकारी संस्थाको मुख्य कार्यालय साविक भोजाड साकोसको कार्यालय र सेवाकेन्द्रका रुपमा बसेनी स्थित समझदारी साकोसको कार्यालय रहने छ । भरतपुर महानगरपालिका अन्तरगतका २९ ओटै वडा सेवाक्षेत्र अन्तरगत पर्ने यस सहकारीमा हाल करिब ३२ सय शेयर सदस्य रहेको उपाध्यक्ष खेम सुबेदीले जानकारी दिनुभयो ।
युवराज पौडेल अध्यक्ष रहनुभएको संस्थाको उपाध्यक्षमा खेमलाल सुबेदी, सचिव नगेन्द्रराज रेग्मी, कोषाध्यक्ष मनोज बराल र सहसचिवमा रत्नकुमार श्रेष्ठ रहनुभएको छ । यसैगरी सदस्यहरुमा पदम प्रसाद पौडेल, जयश्वर पोखरेल पुष्कर, राधा अधिकारी, शारदा पौडेल, थम बहादुर लामा, र दिपक सुबेदी रहनुभएको छ ।
यस्तै लेखा सुपरिवेक्षण समितीको संयोजकमा प्रकाश अधिकारी र सदस्यहरुमा खगेश्वर लामिछाने र जानकी तिवारी रहनुभएको छ ।


