विद्यालयले दक्ष जनशक्ति उत्पादन गर्न सक्नु पर्छ : अध्यक्ष तिमल्सिना

चितवन समाचार डटकम,
१२ माघ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विद्यालयले अब दक्ष जनशक्ति उत्पादन तर्फ लाग्नु पर्ने बताउनु भएको छ ।
चितवनको नारायणगढमा रहेको बालकुमारी उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन कार्यक्रममा आइतबार सम्बोधन गर्दै उहाले साधारण शिक्षा दिएर बेरोजगारी जनशक्ति उत्पादन भइराखेको भन्दै चिन्ता व्यक्त गर्नु भयो । उहाले भन्नु भयो ‘स्नातकोत्तर तह पास गरेका छन् तर रोजगारी पाएका छैनन्, यस्तो जनशक्ति अबको नेपाललाई आवश्यकता छैन ।’
वेरोजगार उत्पादन गृहबाट विद्यालय अब माथि उठ्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो देशमा धेरै परिवर्तन भइसकेको छ । समाज अनुसारको शिक्षा अबको आश्यकता छ त्यसैले विद्यालय जति धेरै पुरानो हुदै जान्छ त्यती यसको अनुभव पनि हुन्छ । त्यसैले पुरानो विद्यालयको साख जोगाउन पनि उत्पादित जनशक्ति समाजको आवश्यकता बन्नु पर्दछ उहाले भन्नु भयो ।
प्राकृतिक स्रोत नभएका मरुभूमि भएकाले देशले धेरै प्रगती गरेका छन् उहाले भन्नु भयो हामी सबै हिसाबले धनी छौ तरपनि प्रगती गर्न सकेका छैनौ । हाम्रो नेपालको स्रोत साधनलाई प्रयोग गरेर आर्थिक उपलब्धी हासिल गर्न सक्ने जनशक्ति विद्यालयले उत्पादन गर्नु पर्ने बताउनु भयो । जनताको मुहारमा खुसी ल्याउनु हाम्रो दायित्व छ उहाले भन्नु भयो । देशमा समृद्धि ल्याउन जनताले आन्दोलन गरेका छन् त्यो आन्दोलनबाट नै अहिलेको व्यवस्था आएको हो यसमा हामीले विर्सन हुदैन अध्यक्ष तिमल्सिनाले भन्नु भयो ।
उहाले भन्नु भयो पढेको मानिसले जागिर खानु पर्छ भन्ने मात्र मान्यता राख्ने होइन ती जनशक्तिले उद्यम गर्न सक्नु पर्दछ । उत्पादन मुलक काममा लागेर अरुलाई पनि रोजगार दिन सक्ने गरी अगाडि वढ्नु पर्दछ उहाले भन्नु भयो ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा राष्ट्रिय सरोकार समितिका सभापति पार्वती रावलले सरकारी विद्यालयले स्वणिम इतिहास रचेको भन्दै प्रसंसा गर्नु भयो । निजि विद्यालयसंग प्रतिस्पर्धा गरेर राम्रो नजिता ल्याउन सफल भएका सरकारी विद्यालयको कदर गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा पूर्व स्थानीय विकास मन्त्री केशवलाल श्रेष्ठले बालकुमारी विद्यालयले शिक्षा क्षेत्रमा ठुलो योगदान गरेको भन्दै प्रसंसा गर्नु भयो । कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

शेयर गरौ

ताजा अपडेट