भरतपुरमा अलगै प्रसुती अस्पतालको अवश्यकता

चितवन समाचार डटकम,
१२ माघ । भरतपुर अस्पतालमा सुत्केरी गराउन आउने महिलाको सख्या धेरै भएपछि अलगै प्रसुती गृहको माग उठेको छ । काठमाण्डौंपछि धेरै महिला सुत्केरी गराउने भरतपुर अस्पतालले चाप धान्न नसक्ने भएपछि अलगै प्रसुती गृहको माग उठेको हो ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीले भन्न्नु भयो ‘बार्षिक १४ हजार महिला यहाँ सुत्केरी गराउन आउने गर्नु भएको छ, अस्पतालमा भएको क्षमताले धान्न नसकिने भएको छ ।’ अस्पतालको गुरु योजनामा यसलाई हामीले समेटेर अलगै अस्पताल बनाउनु पर्ने उल्लेख गरेका छौ उहाले भन्नु भयो । अलगै प्रसुती गृहको आवश्यकता महसुस गरेर सरकारसंग भवन निर्माणको लागि आठ करोड रुपियाँ माग गरेका छौ तर निकासा भएको छैन डाक्टर तिवारीले भन्नु भयो ।
उहाँका अनुसार भरतपुर अस्पतालको वी ब्लकमा स्त्री तथा प्रसुती विभागमा रहेको छ । यहाँ मात्रै एकसय २० शैया छ । विरामीको चापले गर्दा शैया खाली हुन पाउदैन । सुत्केरी गराएर निको भएपछि घर जानु पर्ने भएकाले शैया खाली हुन मुस्किल हुन्छ उहाले भन्नु भयो । विरामीले शैया नपाएर जमिनमा ओछ्यान राखेर भएपनि उपचार गराउन बाध्य भएका छौ डाक्टर तिवारीले भन्नु भयो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले भन्नु भयो ‘काठमाण्डौंको प्रसुती गृहमा वार्षिक १८ हजार महिला सुत्केरी हुने गर्दछन् यहाँ वार्षिक १४ हजारको हाराहारीमा पुग्छ ।’ उपत्यका बाहिर सबैभन्दा धेरै सुत्केरी हुने अस्पताल भरतपुर हो । यहाँ अव विभागले मात्र पुग्दैन अलगै सुत्केरी अस्पताल चाहिन्छ पौडेलले भन्नु भयो । भरतपुर अस्पतालले यस विषयमा बजेटको माग गरेपनि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति नभएकाले काम अगाडि वढाउन नसकिएको बताउनु भयो ।
विरामीको चाप हरेक वर्ष वृद्धि हुदै जादाँ यहाँका विभागहरुमा चाप वृद्धि भएको अस्पतालले जनाएको छ । अस्पतालको एउटा भवनमा सुत्केरीको लागि अलगै व्यवस्था भएपनि अस्पतालको अगाडिनै विभाग भएपछि भिड हुने गरेको अन्य विभागीय डाक्टरहरुले बताउनु भएको छ । अलगै सुत्केरी अस्पताल नहुदासम्म यहाँ आउने विरामीको कारणले अन्य क्षेत्रमा प्रभाव पार्ने मानसिक विभागका प्रमुख डाक्टर सुनिल साहले बताउनु भयो । यस विभागमा उपचार गराउन आएका विरामीलाई सुत्केरी विरामीको भिडले असर गर्दछ उहाले भन्नु भयो अलगै स्थानमा अस्पताल हुने हो भने सहज हुने थियो ।
भरतपुर अस्पताल प्रति विरामीको विश्वास वढेकाले सुत्करी गराउन आउनेको सख्या अत्याधिक भएको प्रसुती विभागका प्रमुख डाक्टर सुनिलामणि पोखरेलले बताउनु भयो । आमा यही सुत्केरी भएर बच्चा पाउनु भएको छ उहाको छोरी गर्भवती हुदा यही सुत्केरी गराउन आउनु हुन्छ पुस्ता नै यहाँ आएपछि भिड हुने भयो डाक्टर पोखरेलले भन्नु भयो । उहाँका अनुसार अहिले पूर्वमा सर्लाही, रौतहट, वारा, पर्सा, मकवानुपुर पश्चिममा गोरखा, तनहु, नवलपरासी, धादिङदेखि आउने भएकाले चाप वढेको छ । अलगै प्रसुती गृह निर्माण नभएसम्म यहाँको समस्या समाधान हुन नसक्ने उहाले बताउनु भयो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर तिवारीले भन्नु भयो अहिलेको ५ महिनामा ६ हजार भन्दा धेरैले सुत्कैरी गराइ सक्नु भएको छ । यो क्रम अझ वढ्दो छ । सुत्केरी अस्पताल मात्र होइन अव पिआइसीयुको पनि आवश्यकता छ हामीले यसमा पहल गरेका छौ । भरतपुर अस्पताल विकास समितिका पूर्व अध्यक्ष तथा वाग्मती प्रदेशका सांसद विजय सुवेदीले अस्पतालको वृहत विकास आवश्यक रहेको बताउनु भयो । भरतपुर अस्पतालमा हरेक वर्ष विरामी उपचार गराउन आउनेको सख्या वढ्दो छ सुत्केरीको लागि अलगै अस्पताल, ट्रमाको लागि अलगै अस्पतालको आवश्यकता भैसकेको बताउनु भयो ।
भरतपुर अस्पतालमा छ सय शैया रहेको छ । यहाँ हरेक दिन दुइहजारको सख्यामा ओपीमा विरामी आउने गरेको सूचना अधिकारी पौडेलले जानकारी दिनु भयो । भरतपुर अस्पताललाई सरकारले एक वर्ष अगाडि केन्द्रीय अस्पताल घोषणा गरेको छ ।

शेयर गरौ

ताजा अपडेट