अटोको ठक्करबाट बालकको मृत्यु

चितवन १० माघ । चितवनको भरतपुरमा आज दिउसो अटोको ठक्करबाट पाँच बर्षिय बालकको मृत्यु भएको छ ।

पर्साढापबाट गोलाघाट तर्फ जादै गरेको लु १ स ७७३० नम्बरको तरकारी बोक्ने अटोले भरतपुर महानगरपालिका २८ जागीटोलमा आफ्नै बुबासंग हिडिरहेका पाँच बर्षिय मनिस कुमाललाई ठक्कर दिएको चितवन प्रहरीले जनाएको छ । ठक्करबाट घाइते उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

अटो र चालक प्रहरी नियन्त्रणमा छन् । शव परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

शेयर गरौ

ताजा अपडेट